काठमाडौं । नेकपा एमालेका सांसद नवराज सिलवालले कुलमान घिसिङबाहेक अरुले नेपाल विद्युत् प्राधिकरण हांक्न सक्दैन भन्ने धारणा जबर्जस्त बनाउन खोजिएको आरोप लगाएका छन् । उनले यस्तो प्रकारको धारणाले हाम्रा संस्था र प्रणालीलाई असफलतातिर लैजाने बताएका छन् ।
‘कुलमान असल र व्यवसायिक व्यक्ति हुन् म उनको क्षमता माथि शंका गर्दिन तर जुन ढंगले कुलमानबाहेक देशमा अरु कसैले प्राधिकरण हांक्न सक्दैन भन्ने खालको न्यारेटिभको जवर्जस्त प्रयोग गरिंदैछ, यसले हाम्रा संस्था र प्रणालीलाई असफलतातिर लैजाने छ ।’ सिलवालले सामाजिक सन्जालमा लेखेका छन् ।
सरकारले नेपाल विद्युत् प्राधिकरणका हालका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यलाई हटाएर घिसिङलाई प्राधिकरणको नेतृत्वमा ल्याउने प्रयासमा छ । शाक्यलाई यसअघिको सरकारले नियुक्त गरेपनि उनि क्षमता भएका अधिकारी हुन । शाक्यलाई राजीनामा दिन दबाव भएपनि उनले राजीनामा भने नदिने अडान राखेको स्रोतको दावी छ ।कांग्रेस सभापति शेरबहादुर देउवा नेतृत्वको सरकारले घिसिङलाई नियुक्त गरेर लोकप्रियता कमाउन खोजेको आरोप छ ।
घिसिङले यसअघि पनि आफ्नो दोस्रो पटक कार्यकाल थपका लागी लविङ्ग गरेपनि उनको नियुक्ती भने भएको थिएन । उनको नियुक्ती नभएपछि उनका समर्थकले घिसिङको नियुक्तीको लागी आन्दोलन समेत गरेका थिए ।
फेसबुकबाट तपाईको प्रतिक्रिया !