काठमाडौं । सिल्भर रङको पेन्ट दलेर त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट सुन तस्करी भएको पाइएको छ। काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय (महानगरीय अपराध महाशाखा)ले सिल्भर रङको पेन्ट दलेको अवस्थामा १ किलो ८६६ ग्राम सुन बरामद गरेपछि उक्त प्रकरण बाहिरिएको हो।
विमानस्थल प्रयोग गरी विभिन्न देशबाट भन्सार छली सुन नेपाल भित्रने गरेको भन्ने सूचनाका आधारमा खटिएको प्रहरीले तीन जनालाई सुनसहित पक्राउ गरेको हो। पक्राउ पर्नेहरुमा भारत राजस्थान नागौर छोटिखाटु थाना, सेरानी आवादका २७ वर्षीय साकिर अली, सोही ठाउँका २८ वर्षीय अब्दु सतार र २४ वर्षीय प्यार मोहम्मद रहेको अपराध अनुसन्धान कार्यालयका एसपी कृष्ण कोइरालाले बताए।
फेसबुकबाट तपाईको प्रतिक्रिया !