काठमाडौं । नेकपा माओवादी केन्द्रका नेता एवं राष्ट्रियसभा सदस्य नारायणकाजी श्रेष्ठले दार्चुला घटनामा भारतले सार्वजनिक रुपमा क्षमायाचना माग्नु पर्ने माग गर्नुभएको छ ।बुधबार बसेको राष्ट्रियसभा बैठकमा श्रेष्ठले भारतीय सीमा सुरक्षा बलका व्यक्तिकै कारणबाट तुइनको तार काटिएका कारणबाट जयसिंह धामी महाकाली नदीमा वेपत्ता भएको भन्दै भारतले अभिलम्ब नेपाल र नेपाली जनतासँग सार्वजनिक क्षमायाचना गर्न माग गर्नुभएको हो ।
उहाले छानबिन समितिले उक्त घटनामा तत्काल सत्यतथ्य पत्ता लगाई दोषीलाई कारबाही र पीडितलाई राहतको व्यवस्था गर्नुपर्ने धारणा राख्नुभयो । दोषीलाई कारबाहीको माग तथा पीडित परिवारलाई तत्काल राहत र क्षतिपूर्तिको व्यवस्था गर्नुपर्ने र कूटनीतिक पहलबाट समाधान निकाल्ने प्रयास गर्नुपर्ने उहाले बताउनुभयो ।
फेसबुकबाट तपाईको प्रतिक्रिया !