काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यासको घोषणा गरेका राष्ट्रिय क्रिकेट टिमका पूर्व कप्तान पारस खड्काले आफू व्यवस्थापकको भूमिकामा नेपाली क्रिकेटमा काम गर्ने बताएका छन् ।बुधबार ललितपुरमा पत्रकार सम्मेलन गर्दै पारसले आफू क्रिकेटमा नटाढिने बताउँदै भूमिका मात्र बदलिने बताए । मंगलबार पारसले अन्तर्राष्ट्रिय क्रिकेट करियरबाट विश्राम लिने निर्णय गरेका थिए ।
पूर्व कप्तान पारसले दुई वर्ष अघिनै सन्यासको विषयमा सोचेको भएपनि टिमलाई सहयोग गर्न मात्र राष्ट्रिय टिममा बसेको उल्लेख गरे । त्यस्तै पारसले कप्तान र खेलाडीको रुपमा आफूले गर्न सक्ने योगदान राष्ट्रिय टिमबाट पूरा गरेको जिकिर गरे । पारसले आफूले क्रिकेटरको रुपमा हासिल गरेका ठूलो सफलता दर्शकको माया र इज्जत नै भएकाले नेपाली क्रिकेटलाई माथि पु¥याउनु आफ्नो कर्तव्य भएकोे बताए । क्रिकेट क्षेत्रको सुधारका लागि क्यानदेखि लिएर सरकारको पनि साथको आवश्यकता पर्ने उनले बताए ।
फेसबुकबाट तपाईको प्रतिक्रिया !