Advertisement
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • राष्ट्रिय
  • स्थानीय तह
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
    • दुर्घटना
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
    • जनप्रभाबन्युज विशेष
  • मनोरञ्जन
  • भाषा
    • नेपाली
    • मैथिली
    • हिन्दी
    • English
  • ई-पेपर
  • अन्य
    • बैंक
    • मौसम
    • आर्थिक
    • क्राइम रिपोर्ट
    • तस्करी रिपोर्ट
    • फोटो फिचर
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि
No Result
View All Result
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • राष्ट्रिय
  • स्थानीय तह
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
    • दुर्घटना
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
    • जनप्रभाबन्युज विशेष
  • मनोरञ्जन
  • भाषा
    • नेपाली
    • मैथिली
    • हिन्दी
    • English
  • ई-पेपर
  • अन्य
    • बैंक
    • मौसम
    • आर्थिक
    • क्राइम रिपोर्ट
    • तस्करी रिपोर्ट
    • फोटो फिचर
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि
No Result
View All Result
Janprabhabnews
No Result
View All Result

भूमि आयोगमा केपी ओलीका कार्यकर्ताको ब्रहम लुट : १६ महिनामा २२ करोड रुपैयाँ झ्वाम


  • ओलीले कार्यकर्ता पाल्न बनाएको भूमि सम्बन्धी आयोग देउवाले उडाइदिए


काठमाडौं । नेपालमा भूमि सम्बन्धी अत्यन्त जटिल र संवेदनशिल समस्या रहेको छ । नेपालमा भूमिहिन तथा गरिबीको रेखामूनी सबैभन्दा बढी दलित समुदायका व्यक्तिहरु छन् । तर, तत्कालिन केपी शर्मा ओली नेतृत्वको सरकारले गठन गरेको भूमि सम्बन्धी समस्या समाधान आयोगमा एक जना पनि दलित समुदायका व्यक्ति थिएनन् ।

भूमिको समस्या तराईका दलित देखि पहाडका जनजाती तामाङहरुमा व्यप्त छ । तर, तत्कालिन सरकारले एक जना पनि तामाङलाई त्यो आयोगमा स्थान दिएन । तत्कालिन प्रधानमन्त्री केपी ओली निकट नेता देवी ज्ञवालीको नेतृत्वमा गठित समितिमा अधिकांश सदस्य ओलीकै कार्यकर्ता थिए ।

आयोगका सदस्य रहेका केशव देवकोटा एमाले नेता हुन् । उनले आयोगबाट तलबभत्ता त लिए तर, उनी अधिकांश समय ओलीको जयजयकार गर्दैमा समय बित्यो । सिन्धुलीका नेता उनको फेसबुक पेज नियाल्दा नै उनी आयोगको गतिविधिमा थिए की ओलीको भक्तीगानमा थिए भन्ने देखाउँछ ।

तत्कालिन सरकारले सबै जिल्लामा तिन जनाको दरले अध्यक्ष, विज्ञ र सदस्य नियुक्त गर्यो । धादिङमा ज्वालामुखि गाउँपालिका घर भएका सञ्जय दुवाडी विज्ञ सदस्यमा नियुक्त भए । उनको नियुक्तीपछि सामाजिक सञ्जालमा ओली समुहका कार्यकर्तामा खुसीयाली छायो । तर, सरकारले उनलाई भूमिसम्बन्धी विज्ञता भएर नियुक्ती दिएको थिएन ।

तत्कालिन प्रधानमन्त्री ओलीको ‘जयजयकार’ गरेकै कारण उनलाई नियुक्ती दिइयो । नियुक्ती पाएपछि दुवाडीले भूमि सम्बन्धी कस्तो विज्ञता देखाए भन्ने रेकर्ड जिल्लास्थित भूमि व्यवस्था सम्बन्धी आयोगमा छैन ।

तर, उनले सरकारी नियुक्तीपछि भत्ता बुझेर ओलीको ‘जयजयकार’ भने बेसरी गरे । उनी युवा संघ र अनेरास्ववियुको ब्यानरमा विभिन्न कार्यक्रममा देखिए । तर, आयोगले गठन भएको वर्षदिनसम्म कुनै गतिविधि गर्न सकेन ।

प्रधानमन्त्री पदासिन केपी ओलीले रहँदा पहिलो पटक संसद विघटन गरेको एक महिनापछि २०७७ माघ १९ गते देशका ७७ वटै जिल्लामा आफ्ना कार्यकर्ता भर्ती गरेका थिए । प्रत्येक जिल्लामा तीन जना भन्दा बढी आफ्ना कार्यकर्तालाई भत्ता सुविधा सहितको नियुक्ती दिइएको थियो । सरकारले चुनाव घोषणा गर्नु अघि आफ्ना कार्यकर्ता व्यवस्थापन गर्न आयोगमा पदाधिकारी नियुक्त गरेको भन्दै त्यतिबेलै चर्को विरोध भएको थियो ।

२०७६ चैत ९ मा तत्कालीन केपी शर्मा ओली नेतृत्वको सरकारले मन्त्रिपरिषद् निर्णयमार्फत आयोग गठन गरेको थियो । असार मसान्तसम्मको तथ्यांकअनुसार १६ महिनाको अवधिमा आयोगले २१ करोड २७ लाख बजेट खर्च गरिसकेको छ । आयोगमा नियुक्त ओलीका कार्यकर्ताले १६ महिनाकै अवधिमा करिब २२ करोड रुपैयाँ झ्वाम पारेका हुन् ।

आयोगमा अध्यक्ष र सदस्यसचिव सहित १४ जना पदाधिकारी छन् । आयोगका सुचना अधिकारी अन्जन न्यौपानेका अनुसार जिल्लामा नियुक्त भएका अध्यक्षलाई सहसचिव सरह तलब भत्ता दिइएको थियो ।

सहसचिवले मासिक ५० हजार रुपैयाँ र भत्ता बुझ्दै आएका थिए । त्यस्तै जिल्लाका सदस्यहरुले मासिक उपसचिव सरह तलबभत्ता बुझ्दै आएका थिए । उनका अनुसार एउटा जिल्लामा तीन राजनीतिक नियुक्ती सहित ७ जना पदेन सदस्य रहने व्यवस्था थियो । उनीहरु सबै भत्ता मात्रै बुझेर बजेट झ्वाम पार्दै आएका थिए ।

तर, वर्तमान सरकारले आयोग नै खारेज गरिदिएको छ । आयोगमा भएको बेथितिलाई आधार मानेर प्रधानमन्त्री शेर बहादुर देउवा नेतृत्वमा बसेको मन्त्रिपरिषद बैठकले आयोग नै खारेज गरिदिएको हो ।

जनप्रभाव संवाददाता

जनप्रभाव संवाददाता

जन प्रभाब साप्ताहिक पत्रिकाद्वारा संचालित जनप्रभाबन्युज डटकम अनलाईन पत्रिका सिरहा जिल्लाको नं. १ अनलाइन हो । हामीलाई फेसबुकमा फल्लो गर्न सक्नुहुन्छ । 

सम्बन्धित समाचार

टिभीएस स्ट्राइकर १२५ लहानमा सार्वजनिक हुँदै स्टाइल र प्रदर्शनको नयाँ परिभाषा!
जनप्रभाबन्युज विशेष

टिभीएस स्ट्राइकर १२५ लहानमा सार्वजनिक हुँदै स्टाइल र प्रदर्शनको नयाँ परिभाषा!

3 weeks पहिले
डीआईजी गिरीको हर्कतले संगठनलाई झन् गम्भीर विवादमा तानेको आरोप
जनप्रभाबन्युज विशेष

डीआईजी गिरीको हर्कतले संगठनलाई झन् गम्भीर विवादमा तानेको आरोप

3 weeks पहिले
रौतहटका अधिकांश नाकाबाट तस्करी
अपराध

रौतहटका अधिकांश नाकाबाट तस्करी

4 weeks पहिले
आधारभूत तह उतिर्ण नगर्नेले सुविधा नपाउने
जनप्रभाबन्युज विशेष

आधारभूत तह उतिर्ण नगर्नेले सुविधा नपाउने

1 month पहिले
डीआईजी चतुर्वेदीले मधेस प्रदेश प्रहरी प्रमुखको जिम्मेवारी सम्हाले
जनप्रभाबन्युज विशेष

डीआईजी चतुर्वेदीले मधेस प्रदेश प्रहरी प्रमुखको जिम्मेवारी सम्हाले

2 months पहिले
मधेश प्रदेश प्रहरी प्रमुखमा डिआईजी उमाप्रसाद चतुर्वेदी
जनप्रभाबन्युज विशेष

मधेश प्रदेश प्रहरी प्रमुखमा डिआईजी उमाप्रसाद चतुर्वेदी

2 months पहिले

फेसबुकबाट तपाईको प्रतिक्रिया !

ताजा समाचार

टिभीएस स्ट्राइकर १२५ लहानमा सार्वजनिक हुँदै स्टाइल र प्रदर्शनको नयाँ परिभाषा!

टिभीएस स्ट्राइकर १२५ लहानमा सार्वजनिक हुँदै स्टाइल र प्रदर्शनको नयाँ परिभाषा!

3 weeks पहिले
डीआईजी गिरीको हर्कतले संगठनलाई झन् गम्भीर विवादमा तानेको आरोप

डीआईजी गिरीको हर्कतले संगठनलाई झन् गम्भीर विवादमा तानेको आरोप

3 weeks पहिले
रौतहटका अधिकांश नाकाबाट तस्करी

रौतहटका अधिकांश नाकाबाट तस्करी

4 weeks पहिले
आधारभूत तह उतिर्ण नगर्नेले सुविधा नपाउने

आधारभूत तह उतिर्ण नगर्नेले सुविधा नपाउने

1 month पहिले
सिरहा प्रहरीलाई ठुलो सफलता,भाई बहिनी नै ड्रग्स कारोबारी , ठुलो मात्रामा लागुऔषध र नगद बरामद

सिरहा प्रहरीलाई ठुलो सफलता,भाई बहिनी नै ड्रग्स कारोबारी , ठुलो मात्रामा लागुऔषध र नगद बरामद

1 month पहिले
डीआईजी चतुर्वेदीले मधेस प्रदेश प्रहरी प्रमुखको जिम्मेवारी सम्हाले

डीआईजी चतुर्वेदीले मधेस प्रदेश प्रहरी प्रमुखको जिम्मेवारी सम्हाले

2 months पहिले

जनप्रभाव साप्ताहिक पत्रीका द्वारा संचालित
जनप्रभाव न्युज अनलाइन  डटकम
लहान नपा – १ , सिरहा नेपाल
मो. नम्बर : +9779863964800
इमेल :[email protected]
दर्ता नम्बर : ११८

हाम्रो टीम

कार्यकारी सम्पादक:- चन्दा यादव
कार्यकारी निर्देशक/ संचालक: आलोक यादव
सम्पर्क मो. नं :  9819992976
सल्लाहकार: बिजय कु. गुप्ता/देवकुमार यादव

सामाजिक संजालमा हामी

Facebook Twitter Youtube
  • Privacy Policy

© 2020 JanPrabhabhNews || Powered By ProTech Media || Design By Surendra Singh

No Result
View All Result
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • राष्ट्रिय
  • स्थानीय तह
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
    • दुर्घटना
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
    • जनप्रभाबन्युज विशेष
  • मनोरञ्जन
  • भाषा
    • नेपाली
    • मैथिली
    • हिन्दी
    • English
  • ई-पेपर
  • अन्य
    • बैंक
    • मौसम
    • आर्थिक
    • क्राइम रिपोर्ट
    • तस्करी रिपोर्ट
    • फोटो फिचर
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि

© 2020 JanPrabhabhNews || Powered By ProTech Media || Design By Surendra Singh