काठमाडौँ । लुम्बिनी प्रदेश सांसद विमला वली नेकपा एमालेमा फर्किएकी छन् । केही दिनयता सम्पर्कविहीन भनिएकी लुम्बिनी प्रदेश सांसद विमला कुमारी वली खत्रीले आफू एमालेमा रहेको बताएकी छिन्।
सोमबार एक विज्ञप्ति जारी गर्दै उनले आफू एमालेको संसदीय दलमा नै रहेको जानकारी दिएकी छिन् । सर्वोच्च अदालतले गत फागुन २३ गते नेकपा खारेज गरेर माओवादी केन्द्र र एमाले ब्यूँताएपछि वलीले माअोवादी केन्द्र रोजेकी थिइन् ।
दाङ क्षेत्र नम्बर ३ ‘ख’ बाट निर्वाचित सांसद वलीले विपक्षी गठबन्धनले आफ्नो हस्ताक्षर दुरुपयोग गरेको आरोप लगाएकी छन् । उनले आफू सूर्य चिन्हबाट विजयी भएकाले एमालेमै रहने स्पष्ट पारेकी हुन् ।
आज लुम्बिनी प्रदेशमा विपक्षी गठबन्धनका बहुमत सांसदले हस्ताक्षर बुझाएका थिए ।
फेसबुकबाट तपाईको प्रतिक्रिया !