आलोक यादव / लहान । लहान प्रहरीले लागूऔषधसहित एक युवकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा नवराजपुर गाउँपालिका-५ सिरहाका २६ बर्षीय प्रभुनारायण सिंह रहेका छन् । सिंहलाई लहान नगरपालिका-१ बाट लागूऔषधसहित पक्राउ गरिएको सूचना अधिकारी बुढाथोकीले जानकारी दिए ।
को.२६प १८९ नम्बरको मोटरसाइकलमा सबार सिंहलाई आईतबार राति पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सिरहाका प्रबक्ता एवं डीएसपी सुवास बुढाथोकीले जानकारी दिए ।
उनका अनुसार सि.हको साथबाट ४ हजार ७ सय ४० थान नाइट्राभेट ट्याब्लेट, १९४ एम्पुल डाइजेपाम, १९४ एम्पुल फेनारगन, ७ बोतल डाइलेक्स डिसी र नाम लेबल नभएको १९४ एम्पुल लागूऔषध बरामद भएको छ ।
पक्राउ परेका सिंहलाई इलाका प्रहरी कार्यालय लहानमा राखी थप अनुसन्धान भइरहेको ईलाका प्रहरी कार्यालय लहानका प्रमुख डीएसपी डा.तपन कुमार दाहालले जानकारी दिए ।
फेसबुकबाट तपाईको प्रतिक्रिया !