राजविराज । सप्तरीको छिन्नमस्ता गाउँपालिकास्थित प्रसिद्ध छिन्नमस्ता सखडेश्वरी शक्तिपीठमा भगवतीको चाँदीको मुकुट (मस्तक) चोरी भएपछि व्यापक प्रहरी परिचालन गरिएको छ । आज साँझ करिब सवाँ ७ बजेतिर मुकुट चोरी भएको हो ।
घटनासँगै जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी प्रमुख एसपी राजेन्द्र प्रसाद धमला नेतृत्वमा खटिएको प्रहरी टोली खोजी कार्यलाई तीव्रता दिएको छ भने छिन्नमस्ता गाउँपालिकासँगै जोडिएको सिमानाका पनि सिल गरिएको जिल्ला प्रशासन कार्यालय सप्तरीका प्रमुख जिल्ला अधिकारी ( सिडीयो ) जयनारायण आचार्यले जानकारी दिए ।
फेसबुकबाट तपाईको प्रतिक्रिया !