काठमाडाैं । जिल्ला प्रहरी कार्यालय तनहुँले नदीजन्य पदार्थको अवैध उत्खनन्मा संलग्न १० सवारी साधन नियन्त्रणमा लिएको छ। अवैध रुपमा नदीजन्य पदार्थ उत्खनन् गर्ने १ एक्साभेटर, १ जेसीबी, २ टिपर र ६ ट्याक्टर नियन्त्रणमा लिएको प्रहरीले जनाएकाे छ।विभिन्न मितिमा ती सवारी साधन नियन्त्रणमा लिइएको तनहुँ प्रहरी प्रमुख, एसपी दिनेशराज मैनालीले बताए।
आबुँखैरेनी गाउँपालिका-२ स्थित मर्स्याङ्दी नदीको नारीघाटमा अवैध रुपमा गिट्टी बालुवा उत्खनन गरी ओसार पसार गर्दै गरेको अवस्थामा ना ६ त ५८५१, ग १ त ४४०२, ग १ त २९४६, ग १ त ६५६७, ग १ त ६४४४ र ना ५ त ४३२६ नम्बरको ट्याक्टरहरू साउन ११ गते बिहान ४ बजे नियन्त्रणमा लिइएको हो।
यस्तै, आबुँखैरेनी गाउँपालिका-१ सत्रसय स्थित मर्स्याङ्दी नदी घाटमा एक्साभेटर र डोजर प्रयोग गरी अवैध रुपमा नदीजन्य पदार्थ बालुवा उत्खनन् गरिरहेको अवस्थामा साउन १५ गते बिहान ३ बजेको समयमा डीएक्स २५५ लेखेको चेनवाला एक्साभेटर, प्र.३-०१-००३ क ७०९१ नम्बरको डोजर, ग १ ख ८२०९ र ग १ क ५२२१ नम्बरको टिपर नियन्त्रणमा लिएको तनहुँ प्रहरीका प्रवक्ता, डीएसपी युवराज तिमिल्सिनाले बताए।
बरादम भएका सवारी साधन आबुखैरेनी गाउँपालिकाको कार्यालयमा पठाएपछि गाउँपालिकाले जरिवाना तिराएको छ।
ग १ त ४४०२ नम्बरको ट्याक्टरलाई १५ हजार , ग १ त ४६२३ नम्बरको ट्याक्टर, प्र.३-०१-००३ क ७०९१ नम्बरको डोजर, ग १ ख ८२०९ र ग १ क ५२२१ नम्बरको टिपर गरी जम्मा ४ सवारी साधनलाई प्रतिसवारी साधन २० हजार रुपैयाँका दरले जरिवाना गरिएको छ।
त्यस्तै ना ६ त ५८५१, ग १ त ६५६७, ग १ त ६४४४ र ना ५ त ४३२६ नम्बरको ट्याक्टरलाई प्रतिट्याक्टर १२ हजार रुपैयाँका दरले ४८ हजार र चेनवाला एक्साभेटरलाई ३० हजार रुपैयाँ जरिवाना गरिएकाे गाउँपालिकाले जनाएको छ।
फेसबुकबाट तपाईको प्रतिक्रिया !