बुटवल । लुम्बिनीका नवनियुक्त प्रदेश प्रमुख अमिक शेरचनले शुक्रबार पदभार ग्रहण गर्नु भएको छ । शेरवहादुर देउवा सरकारको गत मंगलबारको मन्त्रिपरिषद् बैठकले लुम्बिनी प्रदेश प्रमुखमा धर्मनाथ यादवलाई हटाएर शेरचनलाई नियुक्त गरेको थियो ।
शेरचन नियुक्त भएसँगै यादव बिहीबार नै बिदाइ भएर जानु भएको थियो ।शेरचन लुम्बिनीका तेस्रो प्रदेश प्रमुख हुन् । २०७४ साल माघ ७गते लुम्बिनी प्रदेशको पहिलो प्रदेश प्रमुखको रूपमा उमा कान्त झालाई नेपाली कांग्रेस नेतृत्वको सरकारले नियुक्त गरेको थियो ।
फेसबुकबाट तपाईको प्रतिक्रिया !