काठमाडौं । नेकपा (एमाले) को आन्तरिक विवाद समाधान हुन नसकेपछि आज बस्ने स्थायी कमिटी बैठकले ठोस निर्णय गर्ने भएको छ । नेता माधवकुमार नेपाल पक्ष सहमतिमा आउन तयार नभएपछि एमालेले सो पक्षलाई छाडेर अघि बढ्ने निस्कर्षमा पुगेको हो ।
शनिबार बसेको स्थायी कमिटी बैठकमा विघटित कार्यदलका संयोजक सुवासचन्द्र नेम्वाङले अहिलेसम्म पार्टीको आन्तरिक समस्या समाधानको प्रयास र प्रगतिबारे बैठकमा व्रिफिङ गरेका थिए । नेता नेपालले अध्यक्ष केपी शर्मा ओलीले अध्यक्ष पद त्यागेमा मात्र आफू एमालेसँग एक भएर जाने बटमलाइन सुनाएपछि पार्टीको आन्तरिक विवाद अब नसल्टिने करिब पक्का भएको छ । यद्यपि आज बैठक अघिसम्म सहमतिको प्रयास जारी राख्ने विश्वास गरिएको छ ।
फेसबुकबाट तपाईको प्रतिक्रिया !