रौतहट । एमालेले भर्खरै गठन गरेको आइटी आर्मीले शनिबार रौतहटमा विशाल जुलुस प्रर्दशन गरेको छ ।
देशमा व्याप्त दुराचार, भ्रष्टाचार एवं बेथितीका विरुद्ध जनचेतना फैलाउने उद्देश्यले मोटरसाइकल र्याली गरेको अध्यक्ष चन्द्रभूषण साहले बताए । जिल्लाका अधिकांश पालिकाबाट युवाहरु सो कार्यक्रममा सहभागी भएका थिए ।
गरुडाबाट शुरु भएको मोटरसाइकल ¥याली बालचनपुर हुदै जिल्लाका विभिन्न पालिकाहरुमा पुगेको थियो । नवगठित सो सँस्थाले विभिन्न स्थानीय तहहरुमा संगठन निर्माणको कार्यलाई पनि तीव्रता दिएको छ ।
फेसबुकबाट तपाईको प्रतिक्रिया !