काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) संसदीय दलको नेतामा उपेन्द्र यादव चयन भएका छन् ।
शनिबार बसेको संसदीय दल बैठकले पार्टी अध्यक्षसमेत रहेका यादवलाई दल नेता चयन गरेको हो । संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले यादवदलाई दल नेतामा प्रस्ताव गरेका थिए ।
कार्यकारीणी समितिका वरिष्ठ सदस्य महेन्द्र राय यादवले भट्टराईको प्रस्तावको समर्थन गरे । निर्वाचन आयोगले जसपाको आधिकारिकता भट्टराई–यादव समूहलाई दिएसँगै नयाँदल नेता चुनिएको हो ।
यसअघि बहुमतमा रहेको महन्थ ठाकुर समूहले वरिष्ठ नेता राजेन्द्र महतोलाई दल नेता चयन गरेको थियो ।
फेसबुकबाट तपाईको प्रतिक्रिया !