काठमाडौँ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपाललाई भुटान र माल्दिभ्स तथा मौरिसससँगै तुलना गरेर एक ट्विट गरेका छन् । उनले यी सबै आफ्ना छिमेकी मात्रै नभएर धेरैका कुरामा समानता रहेको समेत उल्लेख गरेका छन् ।
केही पर्दा एकले अर्कोलाई मद्दत गर्ने हाम्रो संस्कार रहेको भन्दै उनले यी देशहरुसँग साथसाथै रहेको बताए ।‘भूटान होस्, नेपाल होस्, माल्दिभ्स होस् या मोरिसस, हामी केवल छिमेकी मात्र नभएर हाम्रो सोच र सामाजिक तानाबानामा पनि धेरै समानता रहेको छ,’ उनले भनेका छन्, ‘हामी सबै सुख-दुःखका साथी हाैँ, जब कुनै आपत-विपद आउँछ, तब सबैभन्दा पहिले हामी नै एक-अर्कालाई सहयोग गर्छौं ।’
यद्यपि मित्रता दिवसको भोलिपल्ट आएको उनको यो ट्विट कुन सन्दर्भमा आयो भन्ने केही खुलाइएको छैन ।
फेसबुकबाट तपाईको प्रतिक्रिया !