कैलाली । प्रहरीले भन्सार छलेर भारतबाट नेपालतर्फ ल्याउँदै गरेको ४९ सय केजी चिनी सहित एउटा मिनि ट्रक बरामद गरेको छ ।
प्रहरीले बिहीबार दिउँसो बेदकोट नगरपालिका-१० को सडक खण्डबाट सु.प.प्र.०१००१क१९०१ नम्बरको मिनी ट्रकसहित ३ लाख १८ हजार ५ सय रूपैयाँ बराबरको चिनी बरामद गरेको थियो।
यसैगरी, कञ्चनपुर भीमदत्त नगरपालिका-१ भासीबाट दुई लाख ७३ हजार रूपैयाँ बराबरको चिनी बरामद भएको प्रहरीले जनाएको छ।
भन्सार चोरी पैठारी भइरहेको सूचनाका आधारमा चिनी बरामद गरिएको प्रहरी उपरीक्षक उमाप्रसाद चतुर्वेदीले जानकारी दिए।
उनका अनुसार चिनीसहित भन्सार चोरी पैठारीमा संलग्न दुई जना व्यक्ति पक्राउ परेका छन्। उनीहरूलाई आवश्यक कारबाहीको लागि भन्सार कार्यालय पठाइएको छ।

















