नेपालगन्ज । मोवाइल चोरी गर्ने नाबालकसहित तीन जनालाई बाँके प्रहरीले पक्राउ गरेको छ । नेपालगञ्ज उपमहानगरपालिका ४ बसपार्करोड स्थित पूर्ण प्रसाद गौतमको गौतम ईलेक्ट्रोनिक्स एण्ड मोबाइल सप्लायर्सको सटर फोडेर मोवाइल चोरी गरेका उनीहरु करिव एक हप्तापछि प्रहरीको फन्दामा परेका हुन् ।
मोवाइल चोरीमा संलग्न नेपालगञ्ज–९ का २४ वर्षीय सुमित शर्मा, नेपालगञ्ज–१३ का १८ वर्षीय नानु खटिक र सोही ठाउँका १२ वर्षीय बालकलाई पक्राउ गरिएको बाँकेका प्रहरी प्रवक्ता डिएसपी मधुसुदन न्यौपानेले बताउनुभयो ।
फेसबुकबाट तपाईको प्रतिक्रिया !