काठमाडौं । सर्वोच्च अदालतको आदेशसँगै सशस्त्र प्रहरी नायब महानिरीक्षक (डिआइजी) प्रविणकुमार श्रेष्ठले अवकाश पाएका छन् ।बुधबार प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा र न्यायाधीश कुमार चुडालको इजलासले श्रेष्ठको यसअघिको अन्तरिम आदेशलाई निरन्तरता नहुने अन्तरिम आदेश जारी गरेसँगै डिआइजी श्रेष्ठले अवकास पाएका हुन् ।
शुक्रबार न्यायाधीश अनिलकुमार सिन्हाको इजलासमा श्रेष्ठको मुद्धा सुनुवाइ भएको थियो । र, अन्तरिम आदेशका लागि बुधबार दुवै पक्षलाई छलफलका लागि बोलाइएको थियो।अवकाशप्राप्त गरेका झण्डै एक महिनापछि सेवामै निरन्तरता रहन माग गर्दै साउन ७ गते श्रेष्ठले गृह मन्त्रालयविरुद्ध सर्वोच्च अदालतमा रिट दायर गरेका थिए।
फेसबुकबाट तपाईको प्रतिक्रिया !