काभ्रे । काभ्रेपलाञ्चोक जिल्लाको बनेपाबाट प्रहरीले जुवा खेलिरहेका ११ जनालाई पक्राउ गरेको छ । बनेपा नगरपालिका–११ स्थित जुवा खालबाट ७ लाख १५ हजार नगद बरामद गरिएको जिल्ला प्रहरी कार्यालय काभ्रेका प्रवक्ता (डिएसपी) हरि खतिवडाले बताए ।
स्थानिय थोप्चेन तामाङको घरमा जुवा खेलिरहेका बनेपा घर भएका कृष्ण केसी, सुमन अधिकारी, गणेश थापा, अनिल मुस्याजु, रोशी गाउँपालिका घर भएका पाराङ लामा उर्फ खड्ग सिं र हिरा लामा सहित ११ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
फेसबुकबाट तपाईको प्रतिक्रिया !