आलोक यादव / लहान । मधेशको विभिन्न जिल्लामा डकैती गरेको आरोपमा धनुषाका एक युवकलाई प्रहरीले आज पक्राउ गरेको छ । गत वर्ष चैत्त ३० गते साँझ प्रदेश २ को सिरहा जिल्ला लहानस्थित एक सुनचाँदी व्यापारीको घरमा डकैती गरेको मुद्दाको अनुसन्धान गर्दै जाँदा उनीमाथि विभिन्न जिल्लामा मुद्दा रहेको बताइएको छ ।
सिरहाको लहान नगरपालिका वडा नम्बर ७ स्थित सुनचाँदी व्यवसायी राजेश सारडाको घरमा हतियारधारी डाँकाको समुह प्रवेश गरी उनका बुवा भगिरथ सारडा र उनको परिवारका सदस्यको कञ्चटमा पेस्तोल तेर्स्याएर सुनचाँदी लुटपाट गरेको आरोपमा पक्राउ गरिएको हो ।
धनुषाको विदेह नगरपालिका वडा नम्बर ४ ठाढी झिझा बस्ने बर्ष ४० को चन्दन पासवानलाई धनुषा प्रहरीले पक्राउ गरेको हो । सो डकैती काण्डमा फरार रहेका डाँकाहरू मध्ये पासवानलाई खोज तलाश गर्ने क्रममा मँगलबार (आज) साँझ ५ बजेको समयमा उनकै गाउँबाट पक्राउ गरिएको हो ।
२ नम्बर प्रदेश प्रहरी कार्यालय जनकपुरधामबाट खटिएको सादा पोशाकको र जिल्ला प्रहरी कार्यालय धनुषाको मातहत ईलाका प्रहरी कार्यालय खजुरी, प्रहरी चौकी ठाडिझिझा धनुषाबाट प्रहरी सहायक नीरिक्षको कमाण्डमा खटि गएको संयुक्त टोलीले आफ्नै घरमा लुकीछिपी बसिरहेको अवस्थामा पक्राउ गरिएको हो ।
उनलाई आजै ईलाका प्रहरी कार्यालय लहान पठाइएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।
साथै गत २०६७ साल साउन २९ गते रुपन्देही जिल्लाको चिल्हिया गाविस वडा नम्बर ६ स्थित फतेसिहं राणा र उत्तमकुमार क्षेष्ठको घरमा डकैति गरि फरार रहेकोमा पक्राउ परेका चन्दन पासवानमाथि जिल्ला प्रहरी कार्यालय रुपन्देही समेतमा डाँका मुद्दा दर्ता रहेको बताइएको छ ।
फेसबुकबाट तपाईको प्रतिक्रिया !