काठमाडौँ । सत्तारुढ गठबन्धनको बैठक बुधबार बिहान प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेकाे छ ।बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, एमाले वरिष्ठ नेता माधव कुमार नेपाल, जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव, राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीसहितका नेता सहभागी छन् ।
बैठकमा मन्त्रिपरिषद बिस्तारसहितका पछिल्लो राजनीतिक घटनाक्रमबारे छलफल भइरहेकाे जनाइएकाे छ ।सरकार अहिले मात्रै ६ सदस्यीय छ । देउवा नेतृत्वको सरकारमा कांग्रेसबाट दुई मन्त्री र एक राज्यमन्त्री तथा माओवादीबाट दुई मन्त्री छन् ।
जसपाको आधिकारिकता विवादका कारण सरकार बिस्तारमा ढिलाइ भएको बताइएको छ ।
फेसबुकबाट तपाईको प्रतिक्रिया !