लहान । बलात्कार मुद्दामा फसकेका सिरहाको गोलबजारका व्यापारी कोकबा भनिने महेश साहलाई अदलतले पूर्वपक्षका लागि जेल चलान गरेको छ ।
गोलबजार नगरपालिका ४ का ५० साह साहलाई गत असार १० मा लहान प्रहरीले पक्राउ गरेको थियो । धनगढीमाई नगरपालिकामा साहको कौशल एग्रो राइस मिल छ । सोही मिलमा एक महिलालाई बोलाएर बलात्कार गरेपछि उनीमाथि प्रहरीमा उजुरी दर्ता भएको थियो ।
सिरहा जिल्ला अदालतले साहलाई जेल चलानको आदेश दिएको प्रहरीले जनाएको छ । स्रोतका अनुसार मुद्दा मिलाउनका लागि सिरहाका कैयौं व्यापारी प्रहरीलाई दबाब दिइरहेको थियो ।
फेसबुकबाट तपाईको प्रतिक्रिया !