सुनसरी । सुनसरीको धरान ८ तिनकुने स्थितबाट अस्थाई प्रहरी पोष्ट तिनकुनेबाट खटिएको प्रहरी टोलीले प्रतिबन्धित औषधी सहित एक जना पक्राउ गरिएको छ । पक्राउ पर्नेमा धनकुटा सागुरगढी नगरपालिका -९ बस्ने २१ बर्षीय सुजन लिम्बु रहेका छन् ।
हिजो राती १० बजे कोशी राजमार्गमा ईटहरीबाट धरान तर्फ कालो झोला बोकी पदैल आउदै गरेको उनको साथबाट प्रतिबन्धित औषधी Tramadol – ६६० ट्रयाबलेट र spaspain – ७७० ट्याव्लेट फेला पारी ईलाका प्रहरी कार्यालय धरानमा ल्याई थप अनुसन्धान भईरहेको छ ।
फेसबुकबाट तपाईको प्रतिक्रिया !