काठमाडौं। सरकारले दुई प्रदेशका प्रदेश प्रमुख फेरेको छ। केपी शर्मा ओली सरकारले प्रदेश प्रमुख बनाएका गण्डकीकी सीता पौडेल र लुम्बिनीका धर्मनाथप्रसाद यादवलाई हटाएको हो।
मंगलबार बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले लुम्बिनी प्रदेश प्रमुखमा अमिक शेरचन र गण्डकीमा पृथ्वीमान गुरुङलाई नियुक्त गर्न राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय गरेको हो।
गुरुङ र शेरचनलाई सिफारिस गर्नुअघि मन्त्रिपरिषद्ले प्रदेश २, गण्डकी र लुम्बिनी प्रदेशमा प्रमुखहरुलाई हटाउने निर्णय गरेको थियो।
फेसबुकबाट तपाईको प्रतिक्रिया !