काठमाडौं । मध्यपहाडी लोकमार्ग अन्तर्गत खोटाङको एक खण्डको ठेक्कामा अनियमितता भएको आरोपमा आयोजना प्रमुख र ठेकेदारसहित ५ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरिएको छ ।
आज अख्तियारले मंगलबार मध्यपहाडी लोकमार्ग योजना धुलिखेल कार्यालयका तत्कालिन योजना प्रमुख विजय चापागाईं, ठेकेदार रवि सिंहसहित ५ जनाविरुद्ध ६८ लाख ९३ हजार ७७८ रुपैयाँ ५ पैसा हिनामिना गरेको आरोपमा मुद्दा दायर गरेको हो ।
एउटा ठेक्काबाट डीपीआर अनुसारको इष्टिमेट तयार भई भएको कामको भुक्तानी भइसकेपछि फेरि सोही चेनेजमा सोही प्रकृतिको आइटमको अर्को ठेक्काबाट काम गराई विल तयार पारी भुक्तानी लिनेरदिने काम गरिएको अख्तियारले जनाएको छ ।
फेसबुकबाट तपाईको प्रतिक्रिया !