पर्वत । पर्वत जिल्लामा सरकारी कार्यालय होस वा प्रहरी कार्यालय नै किन नहोस पिडीत र सेवाग्राहीले कुनै नेतालाई बोकेर नगए सम्म काम बन्दैन भन्ने आम मानिसको धारणा छ । राजनैतिक दलका नेताहरुले प्रहरी र प्रशासन तथा सरकारी कार्यालयमा पुगेर भनसुन गरिदिए बापत राजनैतिक लाभ लिँदै आएका पनि छन ।
तर पर्वतमा भर्खर सरुवा भएर आएका जिल्ला प्रहरी कार्यालय पर्वतका वास्तविक पिडीत र सेवाग्राहीले कुनै नेतालाई बोकेर आउन नपर्ने गरि काम गर्ने प्रतिबद्धता जनाएका छन ।जिल्ला प्रहरी कार्यालय पर्वतको प्रमुखको रुपमा सरुवा भएर आएका प्रहरी नायब उपरिक्षक(डिएसपी) शिबराज बुढाथोकीले सञ्चारकर्मीहरु संगको अन्तरकृयामा प्रहरी कार्यालयमा आउँदा कुनै पनि सेवाग्राही र पिडीतले दलका नेता बोकेर आउने प्रथाको अन्त्य गर्ने प्रतिबद्धता जनाएका हुन ।
पिडित सोझै कार्यालय र मलाई सम्पर्क गरेर आफ्नो समस्या राख्न आए हुन्छ।’ उनले भने ‘कुनै नेताको हात समाएर पिडीत कार्यालयमा आउने अबस्थाको अन्त्य हुनुपर्दछ।’ सरकार परिर्वतन संगै प्रहरी र प्रशासनको कार्यशैली पनि परिर्वतन हुँदै आएको आरोपको समेत खण्डन गर्दै डिएसपी बुढाथोकीले राष्ट्रसेवक कर्मचारीलाई सरकार परिर्वतनले कुनै असर गर्ने र आफ्नो पदिय जिम्बेवारीलाई निर्धक्क पुरा गर्नुपर्ने बताए । ‘हामी कुनै दलका झण्डा बोक्ने कार्यकर्ता होइनौ।’ उनले भने ‘राष्ट्रसेवक कर्मचारी भएकाले जुन दलको सरकार आएपनि संगठनको निती अनुसार निष्पक्ष भएर काम गर्नुपर्छ, सरकार परिर्वतनले असर गर्नुहुुँदैन ।’
-
कालीगण्डकीमा उत्खनन रोक्न रातभर मोबाइल गस्ती
पर्वत जिल्लामा आउने हरेक प्रहरी प्रमुखको टाउको दुःखाईको बिषय बन्दै आएको कालीगण्डकी नदीमा ढुंगागिट्टी उत्खनन रोक्न रातभर मोबाइल गस्ती भैरहेको जानकारी दिए ।मालढुंगामा रहेको मोबाइल भ्यानले राती १० बजे देखि बिहान ४ बजे सम्म लस्ती सम्म नियमित गस्ती गरिरहेको उनले बताए । शुरुमा मालढुंगामा दुई जना प्रहरीलाई मोटरसाइकल गस्तीमा खटाए पनि प्रहरी माथि नै उत्खननमा संलग्नहरुको समुह जाई लाग्न थालेपछि रातभर मोबाइल भ्यानबाट गस्ती गरिहेको उनको भनाई छ ।
गस्तीपछि उत्खनन रोकिएको दाबी पनि प्रनाउ बुढाथोकीको छ । पछिल्लो दिनमा ६ वटा एक्साभेटर, ६ वटा टिप्पर र १२ वटा ट्याक्टरलाई पक्राउ गरि २ लाख ४५ हजार रुपैया जरिवाना समेत गराइएको छ । प्राकृतिक स्रोत साधनको उत्खनन, बिक्री बितरण र नियमनको अधिकार सबै स्थानिय तहलाई भएपनि प्रहरीलाई अनावश्यक रुपमा अपजस दिने काम हुँदै आएको भन्दै उनले गुनासो पनि पोखे । ‘सबै अधिकार स्थानिय तहलाई छ, स्थानिय तहले आवश्यक ठानेर सुरक्षा मागेको अबस्थामा हामीले दिने हो।’ उनले भने ‘तर नियमित रुपमा आफ्नो भूमिका छाडेर काम गर्दा पनि प्रहरीलाई अनावश्यक रुपमा अपसजस दिने काम भएको छ।’
डिएसपी बुढाथोकीले पर्वतमा पछिल्ला दिनमा चोरीका घटना बढेपछि बिशेष अनुसन्धान टोली बनाएर काम गरिरहेको जानकारी पनि दिए । कुस्मा नगरपालिकाको वडा नं १४ आर्थर, १३ खौला र फलेबास नगरपालिकाको वडा नं २ थापाठानामा एक हप्ताको बिचमा श्रुृङ्गखलाबद्ध चोरी भैरहेकोे छ ।
त्यसका लागि जिल्ला र गण्डकी प्रदेश प्रहरी कार्यालयबाट प्राबिधीक समेतको टोली परिचालन गरेर अनुसन्धान र लुटेराको खोजी भैरहेको बताए । स्याङ्गजामा समेत यस्तै प्रकृतिको चोरीका घटना भएकाले गिरोह ठुलो हुन सक्ने र यसको नियत समेत फरक देखिएकाले अन्तरजिल्ला सहकार्यमा समेत काम भैरहेको पनि उनको भनाई छ ।
फेसबुकबाट तपाईको प्रतिक्रिया !