काठमाडौं । तत्कालिन केपी शर्मा ओली सरकारले नियुक्त गरेका प्रदेश प्रमुखहरुको पद धरापमा परेको छ ।प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको सरकारले पहिलो चरणमा तीनजना प्रदेश प्रमुख हटाउने तयारी गरेको स्रोतले जनाएको छ ।
प्रदेश प्रदेश २ प्रमुख राजेश झा अहिराज, लुम्बिनीका प्रदेश प्रमुख धर्मनाथ यादव र गण्डकी प्रदेश प्रमुख सीताकुमारी पौडेललाई हटाएर नयाँ प्रदेश प्रमुख नियुक्त गर्ने सरकारको तयारी छ ।
स्रोतका अनुसार उनीहरुलाई आजभोलि मै हटाउने तयारी भइरहेको छ ।ओली सरकारले प्रदेश २ मा तत्कालीन प्रमुख तिलक परियारलाई हटाएर डा. राजेश अहिराज, गण्डकीमा अमिक शेरचनलाई हटाएर सीता पौडेललाई र लुम्बिनीमा कांग्रेसबाट नियुक्त उमाकान्त झालाई हटाएर धर्मनाथ यादवलाई प्रदेश प्रमुख बनाइएको थियो ।
पाँचदलीय गठबन्धनको भागबण्डको आधारमा प्रदेश प्रमुख फेर्ने तयारी रहेको श्रोतले जनाएको छ ।
फेसबुकबाट तपाईको प्रतिक्रिया !