काठमाडौं । जनता समाजवादी पार्टी ( जसपा ) नेपालको विवादमा कार्यकारिणी समितिका सदस्य समेत रहेका सांसद रेशम चौधरी तटस्थ बसेका छन् । कार्यकारिणी समिति सदस्यको सनाखतका लागि आज डिल्लीबजारस्थित कारागारबाट प्रहरीको कडा सुरक्षाबीच निर्वाचन आयोग पुगेका चौधरीले तटस्थ रहेको स्पष्ट पारेका हुन् ।चौधरीले जसपा अध्यक्ष महन्थ ठाकुरलाई भीष्मपिता भने ।
उनले ठाकुरप्रति उच्च सम्मान रहेको बताए । उनले भने,‘महन्थ ठाकुरप्रति भीष्मपिताको दर्जा लिइदिनहुन अनुरोध गर्दछु ।’ अर्का अध्यक्ष उपेन्द्र यादवप्रति पनि उच्च सम्मान रहेको बताएर तटस्थ भूमिकामा रहेको बताए । निर्वाचन आयोगको सनाखतपछि पत्रकारसामु बोल्दै रेशम चौधरी भावुक बनेका थिए ।
फेसबुकबाट तपाईको प्रतिक्रिया !