काठमाडौं । सोमबार पशुपतिनाथ मन्दिरको बाग्मती नदीमा केही मानिसहरु दूध अर्पण गर्न तयार देखिन्थे । सबैजनाले दूधको भाँडो उचालेर बाग्मतीमा अर्पण गर्नुअघि सबैले फोटो खिचाए । त्यसपछि उनीहरुले बाग्मतीमा दूधको भाँडो खन्याए ।कार्यक्रम आयोजना गरेको थियो– नेपाल फाउण्डेसनले । हिन्दू धर्ममा श्रावण महिनालाई शिवको महिना भनेर पनि भनिने गरिन्छ । यो महिना दुध अर्पण गर्दा शिव भक्ति बढ्ने प्रचलन रहेको छ ।
यहीँ प्रचलनलाई जोगाउन सोमबार ओली सरकारमा पर्यटनमन्त्री बनेका उमाशंकर अरगरिया पनि सामेल थिए । उनीसँगै फाउण्डेसनका अध्यक्ष विकासकुमार ठाकुर, राजनीतिक विश्लेषक देवेश झालगायत सहभागी थिए।
सोमबार उनीहरुले सामूहिक रुपमा एकसाथ एक सय लिटर दुध बाग्मतीमा अर्पण गरेका छन् ।बाग्मतीपछि अब जनकपुरमा पनि दूध चढाउने कार्यक्रम रहेको बताइएको छ। आगामी हप्ता प्रदेश नम्बर २ का प्रदेश प्रमुखको उपस्थितिमा दूध अर्पण गर्ने कार्यक्रम तय गरिएको बताइएको छ ।
फेसबुकबाट तपाईको प्रतिक्रिया !