काठमाडौं । पार्टी आधिकारिकताबारे कार्यकारिणी समिति सदस्यहरुको सनाखत रोक्न सर्वाेच्च अदालतमा रिट दायर गरेका जनता समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुरको रिटमा अदालतले अन्तरिम आदेश दिन अस्वीकार गरेको छ ।
आइतबार न्यायाधीश कुमार रेग्मीको इजलासले उक्त विषयमा अन्तरिम आदेश रोक्दै जसपाका अध्यक्ष उपेन्द्र यादव समूह र ठाकुर समूहलाई साउन १५ गते छलफलका लागि बोलाएको छ ।अदालतले छलफलमा निर्वाचन आयोगको निर्णयको सक्कल प्रतिसहित उपस्थित हुन आदेश दिएको छ ।
फेसबुकबाट तपाईको प्रतिक्रिया !