काठमाडौं । डाक्टरको प्रमाणपत्र कीर्ते गरेको आरोपमा प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा ललितपुर महानगरपालिका -२ का ३६ वर्षीय विजयश्याम रञ्जित रहेका छन् ।
प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले रञ्जितलाई काठमाडौंको महाराजगञ्जबाट आइतबार विहान साढे ९ बजे पक्राउ गरेको जनाएको छ ।उनले नेपाल मेडिकल काउन्सिलको स्थायी दर्ता प्रमाण पत्र नम्बर १०८५५ को प्रमाणपत्रमा काउन्सिलको छाप लगाइ रजिष्ट्रारको दस्तखत कीर्ते गरेको प्रहरीको दाबी छ ।
फेसबुकबाट तपाईको प्रतिक्रिया !