धरान । धरानमा नेकपा एमालेका कार्यकर्ता कांग्रेसमा प्रवेश गरेका छन् ।गुरु पूर्णिमाको अवसरमा नेकपा एमालेका ११ जना कार्यकर्ता एमालेमा प्रवेश गरेका हुन् ।शनिबार गुरु पूर्णिामाको अवसरमा नेपाली कांग्रेस धरान वडा नं. ८ बुथ समितिको संयोजकत्वमा सोही वडाका नेकपा एमाले पार्टी परित्याग गरी ११ जना नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका हुन् ।
धरान-२ निकेतन गल्लीस्थित बलबहादुर राई, भीमबहादुर तामाङ प्रतिष्ठान नवनिर्मित पार्टी कार्यालयमा एक औपचारिक कार्यक्रम आयोजना भएको थियो । पार्टी प्रवेश गर्नेहरुलाई नेपाली कांग्रेस धरान नगर समितिका अध्यक्ष एवं धरान उपमहानगरपालिकाका नगर प्रमुख तिलक राईले टीका लगाई दिएका थिए भने १ नं. क्षेत्रीय सभापति सुरेशमान श्रेष्ठले खदा लगाएर स्वागत गरेका थिए ।
पार्टी प्रवेश गर्नेहरुमा कमला राई, रुपा भुजेल, एलिसा तामाङ, तारा राई, देवी मङ्ग्राती, सीता मङ्ग्राती, रेनु विश्वकर्मा, सुमित्रा तामाङ, रिना गुरुङ प्रेम राई र अनुष राई रहेका छन् ।मेयर राईले लामो इतिहास बोकेको र ठूलो पार्टी कांग्रेसमा सबै अटाउन सक्ने बताउँदै नव प्रवेशीलाई साथ र सहयोग गरिरहने बचन दिए ।
कार्यक्रममा नेका सुनसरी जिल्ला सचिव सुजेन्द्र तामाङ, नेपाली कांग्रेस आवद्ध प्राध्यापक बद्री तामाङ र वडा नं. ८ कि महिला नेतृ शिला बज्राचार्यले शुभकामना मन्तव्य राखेका थिए । पार्टी प्रवेशको लागि विशेष सहजीकरण नम्रता गुरुङ र शिला बज्राचार्यले गरेको नेका धरान नगर समितिका सचिव श्याम पोख्रेलले जानकारी दिए
फेसबुकबाट तपाईको प्रतिक्रिया !