Advertisement
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • राष्ट्रिय
  • स्थानीय तह
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
    • दुर्घटना
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
    • जनप्रभाबन्युज विशेष
  • मनोरञ्जन
  • भाषा
    • नेपाली
    • मैथिली
    • हिन्दी
    • English
  • ई-पेपर
  • अन्य
    • बैंक
    • मौसम
    • आर्थिक
    • क्राइम रिपोर्ट
    • तस्करी रिपोर्ट
    • फोटो फिचर
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि
No Result
View All Result
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • राष्ट्रिय
  • स्थानीय तह
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
    • दुर्घटना
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
    • जनप्रभाबन्युज विशेष
  • मनोरञ्जन
  • भाषा
    • नेपाली
    • मैथिली
    • हिन्दी
    • English
  • ई-पेपर
  • अन्य
    • बैंक
    • मौसम
    • आर्थिक
    • क्राइम रिपोर्ट
    • तस्करी रिपोर्ट
    • फोटो फिचर
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि
No Result
View All Result
Janprabhabnews
No Result
View All Result

ओली निकट महेश बस्नेतको भाषणले उब्जाएको प्रश्न : नेपाल प्रहरीमा एमालेकरण भएकै हो ?

काठमाडौं । प्रधानमन्त्रीबाट केपी शर्मा ओलीको बहिर्गमनपछि उनी निकट युवा नेता महेश बस्नेतले युवासंघको एउटा कार्यक्रममा भने, ‘अहिले प्रहरी प्रशासन लगायतका निकायमा एमाले निकै बलियो छ ।’

हिजो काँग्रेसलाई भनिने ‘स्थायी सरकार’को पगरी आफूहरूले खोसेको एमाले नेता बस्नेतको जिकिर थियो । उनले भनेका छन्, ‘अहिले स्थायी सत्ता हामी हौँ । अहिले मुलुकको स्थायी सत्ता एमाले हो । प्रहरीमा एमालेलाई माया गर्ने धेरै साथीहरू हुनुहुन्छ, झूटा मुद्दा लगाउन खोजेमा प्रतिकार गर्न हामी तयार छौँ ।’

  • के महेश बस्नेतले भनेजस्तै प्रहरीमा एमालेको प्रभाव बढेको अवस्था हो त ?

प्रहरी स्रोतका अनुसार केपी शर्मा ओली सत्तामा हुँदा प्रहरीमा ‘भक्तपुर समूह’को बोलवालाचाहिँ थियो । गृह सचिव महेश्वर न्यौपाने, प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्री र महेश बस्नेतले प्रहरीभित्र प्रभाव कायम राखेका थिए ।

पूर्व मन्त्री गोकुल बास्कोटा पनि ‘भक्तपुर समूह’बाट प्रहरीमा प्रभाव राख्ने मध्येका पात्र थिए । त्यस्तै प्रहरीमा आफ्नो पकड कायम गर्नेमध्येको एमालेका अर्का नेता हुन् महासचिव ईश्वर पोखरेल ।

  • विश्वराज र सहकुल

मन्त्रिपरिषद्ले नयाँ दरबन्दी सिर्जना गरेर ०७७ मङ्सिरमा विश्वराज पोखरेललाई एआईजीमा बढुवा गरेको थियो । पोखरेललाई बढुवा गर्न नेकपा (एमाले)का महासचिव ईश्वर पोखरेलले निकै ठुलो शक्ति लगाए ।

विश्वराजलाई एआईजीमा बढुवा गरेर भावी प्रहरी महानिरीक्षकमा प्रतिस्पर्धाको अन्त्य गरियो । आईजीपी शैलेश थापा क्षेत्रीले २०७९ वैशाख १९ मा अवकाश पाएपछि पोखरेल भावी महानिरीक्षकका बन्नका लागी एकल दाबेदार बने । सो कदमका पछाडि उनका दाजु नाता पर्ने ईश्वर पोखरेलको हात भएको कुरा ‘ओपन सेक्रेट’ जस्तै थियो ।

मन्त्रिपरिषद्ले विश्वराजलाई आईजीपीमा एकल दाबेदार बनाएपछि नेकपा (एमाले)को अर्को समूहले सो निर्णयमा असन्तुष्टि जनायो । ‘भक्तपुर समूह’ले सहकुल थापालाई अगाडि बढाए । सहकुल बहादुर थापा पनि भक्तपुरका स्थानीय हुन् ।

मन्त्रिपरिषद्ले विश्वराजलाई जसै गरी सहकुलका लागी नयाँ दरबन्दी थपेर ०७८ असार २४ मा एआईजीमा बढुवा गर्ने निर्णय लियो । सहकुल थापालाई एआईजीमा बढुवा गर्ने निर्णयसँगै भावी महानिरीक्षकमा एकल प्रतिस्पर्धाका अन्त्य भएको अनुमान गरिएको छ ।

२०७४ चैतसम्म प्रहरीमा १५ जना एआईजी थिए । प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले नै प्रहरी नियमावली संशोधन गरेर एआईजी पद ३ जनामा सीमित पारेको थियो । तर, आफ्नै मन्त्रिपरिषद्को निर्णय बाझिने गरी एआईजीको सङ्ख्या ५ बनाएर नेकपा (एमाले)ले थापा र पोखरेलमध्ये एक जनालाई महानिरीक्षक बनाउने पक्का गरिसकेको छ । पूर्व मन्त्री बस्नेतले ‘प्रहरी प्रशासन लगायतका निकायमा एमाले निकै बलियो छ’ भनेको तथ्य यहीँनेर मिल्छ ।

  • एआईजी थप्ने अड्कल

प्रहरी महानिरीक्षक शैलेश थापाका ब्याचमेटहरु सिनियर डीआईजी छन् । तर, ओली सरकारले दुईजना जुनियरलाई एआईजी बनाएपछि सरकार परिवर्तन भएको छ । शेरबहादुर देउवाले प्रधानमन्त्रीको बागडोर समालेसँगै फेरि एआईजीको दरबन्दी थप्ने अड्कल गरिएको छ ।

तर, गृह मन्त्रालयले त्यसबारे तयारी गरेको अवस्था छैन । यसअघि शेरबहादुर देउवा प्रधानमन्त्री हुँदा एआईजीको सङ्ख्या बढाएर १५ पु¥याइएको थियो । सहकुल र विश्वराजको ब्याचका उम्दा प्रहरी अधिकारी छुटेको हुनाले पनि उनीहरूलाई बढुवा गर्नका लागी एआईजी पद थप्ने अड्कल गरिएको छ । तर, अहिलेसम्म त्यस्तो तयारी देखिँदैन ।

सरकारले सङ्गठनात्मक स्वरूप निर्धारण (ओएण्डएम) गर्दा हचुवाको भरमा गर्नु नहुने बताउँछन्, पूर्वडीआईजी हेमन्त मल्ल । ‘प्रधानमन्त्रीलाई मन लागेको कुरालाई सैद्धान्तीकरण गर्ने होइन नि’ पूर्वडीआईजी मल्ल भन्छन्, ‘सङ्गठनको जिम्मेवारी, कमान्ड र करिअर डेभलपमेन्टलाई हेरेर मात्र एआईजी अथवा डीआईजी थपघट गर्नुपर्छ, हचुवामा निर्णय गर्दा समस्या आउँछ ।’

  • आईजीपी निरीह ?

विश्वराज पोखरेललाई एआईजीमा बढुवा गर्ने प्रस्ताव तयार गर्दा प्रहरी महानिरीक्षक शैलेश थापाले कुनै प्रतिक्रिया जनाएनन् । आफ्नै ब्याचमेटहरु एसएसपी दर्जामा हुँदा थापाले तत्कालीन प्रधानमन्त्री ओलीसमक्ष कुनै अब्जेक्सन जनाएनन् । सहकुल थापालाई बढुवा गर्दा पनि आफ्ना ब्याचमेट सिनियर डीआईजी भएको कुरा राजनीतिक नेतृत्वसामु भन्ने हिम्मत आईजीपीले राखेनन् ।

सरुवा र बढुवामा नीति बनाएका थापाले भ्रष्टाचारमा मुछिएका डीएसपी श्याम राईलाई म्याग्दीको इन्चार्ज बनाउन राजी भए । शक्तिकेन्द्रको सिफारिस नआएका अधिकृतलाई प्रहरी प्रमुख थापाको आचारसंहिता लागु भयो । तर, पावरफूल अधिकृतको हकमा आचारसंहिता लागु नै भएन ।

  • गृहमन्त्री खाँणको इनिङ्गस्

बालकृष्ण खाँण गृहमन्त्री भएसँगै उनले प्रहरीमा तिनवटा कदम चालेका छन् । केपी शर्मा ओलीको मन्त्रिपरिषद्ले महानगरीय प्रहरी कार्यालयबाट एआईजी हरिबहादुर पाललाई ७ महिनामा हटाउने निर्णय कार्यान्वयन नगर्न निर्देशन दिएका छन् ।

खाँणको निर्देशनपछि एआईजीहरूको सरुवा कार्यान्वयन भएको छैन । प्रधानमन्त्री कार्यालयका एक उच्च अधिकारीका अनुसार मन्त्रिपरिषद्ले एआईजीहरूको सरुवा पुनरावलोकन गर्दैछ ।

खाँणको दोस्रो कदम हो, डीआईजी पदमा सिनियर मध्येका एसएसपी सौरभ राणाको बढुवा । राणा वर्तमान प्रहरी महानिरीक्षक थापाका ब्याचमेट हुन् । बलात्कार प्रयासको आरोप लागेर थुनामा समेत परेका राणाले सो मुद्दाबाट सफाइ पाएका छन् । सङ्गठनमा राणाको प्रमोसनलाई सकारात्मक रूपमा लिइएको छ ।

त्यस्तै, लामो समयदेखि रोकिएको इन्सपेक्टरहरुको बढुवा गृहमन्त्री खाँणले खुलाएका छन् । बिहीबार ९८ जना प्रहरी नायव निरीक्षक (सई)लाई इन्स्पेक्टरमा बढुवा गर्न सिफारिस गरिएको छ । सईको बढुवामा शक्तिकेन्द्रसँग निकट देखिनेहरू हाबी नभएका होइनन् । तर, लामो समयदेखि रोकिएको बढुवा चाहिँ खुलेको छ ।

यसअघि रामबहादुर थापा ‘बादल’ले लामो समय गृह मन्त्रालय चलाउँदा प्रहरी सङ्गठनमाथि तत्कालीन सचिव प्रेमकुमार राई र प्रधानमन्त्री केपी ओली हाबी थिए । तर, वर्तमान गृहमन्त्रीले आफ्नो इनिङ्गस्मा प्रहरीलाई कसरी चलाउँछन्, हेर्न बाँकी छ । रातोपटिबाट

जनप्रभाव संवाददाता

जनप्रभाव संवाददाता

जन प्रभाब साप्ताहिक पत्रिकाद्वारा संचालित जनप्रभाबन्युज डटकम अनलाईन पत्रिका सिरहा जिल्लाको नं. १ अनलाइन हो । हामीलाई फेसबुकमा फल्लो गर्न सक्नुहुन्छ । 

सम्बन्धित समाचार

संसद पुनर्स्थापनाका लागि सांसदको हस्ताक्षरसहित आज सर्वोच्च जाँदै कांग्रेस-एमाले
जनप्रभाबन्युज विशेष

संसद पुनर्स्थापनाका लागि सांसदको हस्ताक्षरसहित आज सर्वोच्च जाँदै कांग्रेस-एमाले

3 weeks पहिले
रास्वपा नेता पराजुली भन्छन्- बालेन, कुलमान र हर्कलाई साथ लिएर अघि बढ्छौँ
जनप्रभाबन्युज विशेष

रास्वपा नेता पराजुली भन्छन्- बालेन, कुलमान र हर्कलाई साथ लिएर अघि बढ्छौँ

3 weeks पहिले
कानूनमन्त्री सिन्हालाई लिएर कांग्रेस कार्यालयमा पुगे सञ्चारमन्त्री जगदीश खरेल
जनप्रभाबन्युज विशेष

कानूनमन्त्री सिन्हालाई लिएर कांग्रेस कार्यालयमा पुगे सञ्चारमन्त्री जगदीश खरेल

3 weeks पहिले
कक्षा १२ परीक्षा फाराम खुल्यो, पुस मसान्तभित्र शुल्क बुझाउनुपर्ने
जनप्रभाबन्युज विशेष

कक्षा १२ परीक्षा फाराम खुल्यो, पुस मसान्तभित्र शुल्क बुझाउनुपर्ने

3 weeks पहिले
रविलक्ष्मी चित्रकारको माग- जेनजीको मुखुण्डो ओढेर देश नष्ट गर्नेहरूमाथि कारबाही गरियोस्
जनप्रभाबन्युज विशेष

रविलक्ष्मी चित्रकारको माग- जेनजीको मुखुण्डो ओढेर देश नष्ट गर्नेहरूमाथि कारबाही गरियोस्

3 weeks पहिले
महोत्तरीको रघुनाथपुर नाकाबाट व्यापक तस्करी, सशस्त्र र नेपाल प्रहरीकै मिलेमतोको आरोप
आर्थिक

महोत्तरीको रघुनाथपुर नाकाबाट व्यापक तस्करी, सशस्त्र र नेपाल प्रहरीकै मिलेमतोको आरोप

3 weeks पहिले

ताजा समाचार

जनप्रभाव साप्ताहिक पत्रीका द्वारा संचालित
जनप्रभाव न्युज अनलाइन  डटकम
लहान नपा – १ , सिरहा नेपाल
मो. नम्बर : +9779863964800
इमेल :[email protected]
दर्ता नम्बर : ११८

हाम्रो टीम

कार्यकारी सम्पादक:- चन्दा यादव
कार्यकारी निर्देशक/ संचालक: आलोक यादव
सम्पर्क मो. नं :  9819992976
सल्लाहकार: बिजय कु. गुप्ता/देवकुमार यादव

सामाजिक संजालमा हामी

Facebook Twitter Youtube
  • Privacy Policy

© 2020 JanPrabhabhNews || Powered By ProTech Media || Design By Surendra Singh