काठमाडौं । नक्कली नो अब्जेक्शन लेटर कीर्ते गरेको आरोपमा प्रहरीले पक्राउ गरेको छ ।प्रहरीको केन्द्रीय अनुसान ब्यूरोले झापा भद्रपुर नगरपालिका १५ घर भएका २४ वर्षीय सुमन राजवंशीलाई सिनामंगलबाट पक्राउ गरेको हो ।
राजव्शीले शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयबाट अर्कै ब्यक्तिको नाममा जारी भएको एनओसी नम्बर ७७१२८९२ को नो अब्जेक्शन लेटरमा विवरण कीर्ते गरी आफ्नो नाममा जारी भएको बनाई युक्रेन जान लागेको प्रहरीको दाबी छ ।
पक्राउ परेका उनलाई महानगरीय प्रहरी परिसर, काठमाण्डौमा पठाइएको प्रहरी उपरीक्षक (एसपी) श्याम कुमार महतेले जनाकारी दिए ।
फेसबुकबाट तपाईको प्रतिक्रिया !