काठमाडौं । नेकपा एमालेका नेता तथा पूर्व गृहमन्त्री रामबहादुर थापा ‘बादल’ले पार्टीमा माधव नेपालले गल्ती नभई अपराध गरेको आरोप लगाएका छन्। बिहीबार नेपाल कम्युनिस्ट पार्टीका संस्थापक महासचिव पुष्पलाल श्रेष्ठको ४३औँ स्मृति दिवसका अवसरमा आयोजित कार्यक्रममा बोल्दै बादलले आफ्नै पार्टीको प्रधानमन्त्रीलाई विस्थापित गरेर नेता नेपालले अपराध गरेको आरोप लगाएका हुन्।
नेपालको नाम नलिई उनले भने, ‘आफ्नै पार्टीको प्रधानमन्त्रीलाई विस्थापित गर्ने, पार्टीका कमरेडले गल्ती गर्नुभएको हैन अपराध नै गर्नुभएको छ ।’उनले सर्वोच्च अदालतको परमादेशले देशमा निर्दलीय सरकार बनेको आरोप समेत लगाए।
-
अब एमालेमा यसरी हुँदै सहमति
नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीच भेटवार्ताको तयारी भएको छ ।दोस्रो तहका नेताहरुले अध्यक्ष ओली र वरिष्ठ नेता नेपालबीच भेटवार्ता गाराउन लागेका हुन् ।
एमाले संसदीय दलका उपनेता समेत रहेका ओली पक्षीय नेता सुवास नेम्वाङका अनुसार दुई नेताबीच आज साँझ कुनै पनि बेला भेटवार्ता हुनसक्नेछ । ‘हामीले कुरा गर्दा दुवै नेताले भेट्ने सहमति जनाउनुभएको छ’, उनले भने ।माधधव नेपाल पक्षका अर्का एक स्थायी समिति सदस्यले पनि दुई नेताबीच भेटवार्ताको तयारी भइरहेको बताएका छन् ।
‘आज भेटवार्ता हुने कुरा छ । समय र स्थान तय भैसकेको छैन’ ती सदस्यले भने । नेकपा एमालेको आज सम्पन्न केन्द्रीय समिति बैठकले पार्टी विवादमा माधव पक्षले गरेको गल्तीमा क्षमा दिन सकिने निर्णय गरेको थियो ।
फेसबुकबाट तपाईको प्रतिक्रिया !