काठमाडौं । एमालेका महासचिव ईश्वर पोखरेलले पार्टीलाई घात गर्नेहरू एमाले हुनै नसक्ने बताएका छन् । शुक्रवार एमाले काठमाडौँ ४ नम्बर वडा कमिटीले आयोजना गरेको पार्टी प्रवेश कार्यक्रममा महासचिव पोखरेलले पछिल्लो समय पार्टी भित्र रहेर पार्टी बिरुद्ध गतिविधि हुँदै आएको भन्दै पार्टीलाई घात गर्नेहरू एमाले हुनै नसक्ने बताएका हुन् ।
एमालेमा रहेर एमालेकै सरकार ढाल्नेहरूलाई पनि अव एमाले भन्न नमिल्ने उनको भनाइ छ । पोखरेलले नराम्रोलाई नराम्रो भन्न सक्ने एमाले हुने र गलत कुराको पक्ष लिनेलाई एमाले भित्र कुनै ठाउँ नरहेको बताए । एमालेलाई कमजोर पार्ने काम एमालेभित्र रहेर हुनै नसक्ने उनको भनाइ छ ।
फेसबुकबाट तपाईको प्रतिक्रिया !