काठमाडौ । नेपाल प्रहरीमा फेरि एआइजीपीको सरूवा तयारी भएको छ। सर्वोच्च अदालतबाट अपदस्थ भएका प्रधानमन्त्री केपी ओली नेतृत्वको सरकारले अपदस्थ हुने अघिल्लो दिन नियोजित ढंगले एआइजीपीको सरूवा गरेको थियो ।एआइजीपीको नयाँ दरबन्दी ल्याएर सो पदमा बढुवा भएका सहकुल थापाले दर्ज्यानी चिन्ह नलगाउदै उनलाई नेपाल प्रहरीको सबैभन्दा राम्रो , आर्कषक र अतिरिक्त आम्दानी हुने भनेर चिनिएको प्रशासन तथा मानवस्रोत बिभागको प्रमुख बनाइएको थियो ।
त्यसको कारणले पनि एआइजीपीको सरूवा धेरै बिबादित बनेको थियो भने पूरा अवधि नहुदै उपत्यका प्रहरी कार्यालयका प्रमुखहरि पाललाई हटाइएको थियो । करिव नौ महिना जागिर अवधि रहेको अहिलेका आइजिपी शैलेश थापा क्षेत्रीको व्याजीले आक्रषक भनेर मानिने उपत्यका , एकेडेमी र प्रशासन तथा मानवस्रोत बिभागमा सरूवा हुनका लागि दौडधुप गर्नु स्वाभाविकै हो ।यी ठाउँमा अतिरिक्त आम्दानी र अनेकन चलखेल हुने भएकोले पनि यी ठाउँमा जान चलखेल नै हुने गर्छ ।
बर्तमान आइजीपी क्षेत्रीको बैकल्पिक टोलीमा रहेका बिश्व राज पोखरेलले आफ्नो बढुवाको लागि शक्तिको आडभरोसामा एआइजीपीको दरबन्दी ल्याएर बढुवा भए पछि उनलाई क्षेत्री पछिको आइजीपी भनेर भनिन्थ्यो अनि अहिले देखि उनीसँग नजिक हुन धेरै प्रहरी अधिकृतहरू उनको चाकडीमा धाउने गर्दथे।
तर राजनीतिक रूपमा पहिले देखि एमालेको ट्याग लागेका र केपी ओलीले भारदारिया भनेर चिनिने गोकुल बांसकोटा र महेश बस्नेतको कृपामा फेरि दरबन्दी ल्याएर एआइजीपी बनेका सहकुल थापा आएपछि र ओलीकै सरकार रहेको भए पोखरेल आइजीपी हुने सम्भावना न्यून थियो नै ।
यस्तो अवस्थामा सरकार परिवर्तन भए पछि फूलि नलगाउदै गरिएको एआइजीपीको सरूवा वदर हुनु वा सशोधन हुनु कुनै नौलो कुरा त भएन तर सबैको हुन्छ कि केहीको मात्रै भन्ने प्रश्न ठूलो हो । प्राप्त जानकारी अनुसार उपत्यकाका पाल यथावत् राखेर निरज शाहीलाई एकेडेमी लगेर प्रधुम्न कार्कीलाई प्रशासन तथा मानवस्रोतमा लैजाने तयारी भएको छ।
पोखरेललाई अपराध अनुसन्धान बिभागको मात्रै जिम्मेवारी दिएर सहकुललाई कार्य बिभाग दिने वा राष्ट्रिय सुरक्षा परिषद्मा लैजाने भन्ने निर्णय भने भैनसकेको समाचार स्रोत बताउँछ ।तर कार्य बिभाग र अपराध अनुसन्धान बिभाग आफैमा ठूला र महत्त्वपूर्ण बिभाग भएको कारण पनि सहकुललाई एउटा बिभागको जिम्मेवारी दिनुपर्ने आवाज पनि उठेको छ ।
फेसबुकबाट तपाईको प्रतिक्रिया !