बाँके । बैंकिङ कसूर मुद्दाका फरार प्रतिवादी कोहलपुर नगरपालिका-११ बस्ने ३८ वर्षीय बिष्णु जिवन धिताल (सन्ज्याल)लाई बिहीबार प्रहरीले पक्राउ गरेको छ ।
जिल्ला अदालत बाँकेको २०७७ फागुन १२ गतेको फैसलाले बैंकिङ कसूरमा ३ दिन कैद र २ लाख ८० हजार रुपैयाँ जरिवाना ठहर भई फरार रहेका उनलाई जिल्ला प्रहरी कार्यालय बाँकेबाट खटिएको प्रहरीले पक्राउ गरेको हो ।
उनलाई फैसला कार्यान्वयनका लागि जिल्ला अदालत बाँकेमा बुझाइने जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ ।
फेसबुकबाट तपाईको प्रतिक्रिया !