काठमाडौं । गृह मन्त्रालयले नेपाल प्रहरीका प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) सौरभ राणालाई प्रहरी नायब महानिरीक्षक (डीआईजी) पदमा बढुवाका लागि सिफारिस गरेको छ ।
गृहसचिव महेश्वर न्यौपानेको नेतृत्वमा रहेको बढुवा सिफारिस समितिले एसएसपी राणालाई बढुवा गर्न बिहीबार सिफारिस गरेको हो ।
हाल रिक्त रहेको एक जना डीआईजीको दरबन्दीमा एसएसपी राणा बढुवा सिफारिस भएका हुन् ।
फेसबुकबाट तपाईको प्रतिक्रिया !