काठमाडौं। नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सबै नेपालीलाई एकतावद्ध पहलकदमीका लागि आव्हान गरेका छन्। बुधबार मुस्लिम समुदायको दोस्रो महान पर्व इद उल अज्हा (बकर इद) का अवसरमा शुभकामना दिँदै अध्यक्ष प्रचण्डले जनताले गरेको विकास र समृद्धिको आकांक्षा अनुरुप समाजवादी लक्ष्य हासिल गर्न सबै नेपालीलाई एकतावद्ध हुन् आव्हान गरेका हुन्।
प्रचण्डले इदको अवसरमा स्वदेश तथा विदेशमा रहेका मुस्लिम दिदीबहिनी तथा दाजुभाइहरुमा शुभकामना व्यक्त गरेका छन्।प्रचण्डले यस पर्वले धार्मिक सहिष्णुता, सामाजिक सद्भाव र आपसी मित्रता जगाई राष्ट्र निर्माणमा एकजुट हुन प्रेरणा मिल्ने विश्वास लिएको जारी शुभकामना सन्देशमा उल्लेख गरेका छन्। उनले कोरोनाको महामारीमा स्वास्थ्य सुरक्षाका सबै मापदण्डहरुको पालना गर्दै सुरक्षित रही बकर इद मनाउन आग्रह पनि गरेका छन्।
उनले भने- वर्षौंदेखि नेपाली समाजले आफ्नो छुट्टै पहिचानका रुपमा अभ्यास गर्दै आएको सामाजिक व्यवस्था बहुजातीय, बहुभाषिक, बहुधार्मिक र बहुसांस्कृतिक हो । नेपालीहरुको यही विशेषताका कारण नेपाल एक अविभाज्य र सार्वभौम राष्ट्र बन्न सफल भएको हो।’नेपाली समाजको यही विशेषता र एकताको बलमा नेपालमा ठूलाठूला राजनैतिक र सामाजिक परिवर्तनहरु भए। समाजका विभिन्न समुदायको बलिदानीपूर्ण संघर्षले हासिल गरेका उपलब्धीहरुमाथि पछिल्लो चरणमा देशीविदेशी प्रतिक्रियावादीहरुबाट हमला गर्ने काम भए।
समुदायले हासिल गरेका हक अधिकारहरुको कटौती हुन थाल्यो। तर, त्यस्ता प्रतिगामी तत्वहरु जनताको तागत अगाडि परास्त भए। त्यसकारण आजको दिन समुदायको कटौति भएको अधिकारको पुनर्बहालीको अवसरका रुपमा मनाउन आग्रह गर्दछु।’


















