सप्तरी । दुई साताअघि सप्तरीको खडक नगरपालिकामा कुटपिटबाट एकजनाको मृत्यु भएको घट्नामा संलग्न भएको आरोपमा प्रहरीले पाँचजनालाई पक्राउ गरेको छ ।खडक नगरपालिका ९ लालपट्टीमा टोलमा गत जेठ २४ गते राति वैदेशिक रोजगारीको बिषयमा भएको विवादका क्रममा कुटपिट गरिँदा स्थानीय मो. दाउदको मृत्यु भएको थियो ।
७० बर्षीय दाउदको मृत्युपछि फरार भएका कुटपिटमा संलग्न भएका पाँच जनालाई पक्राउ गरिएको सप्तरी प्रहरीका प्रबक्ता एवं डीएसपी माधव प्रसाद काफ्लेले जानकारी दिए ।पक्राउ पर्नेमा खडक नगरपालिका ९ बस्ने ३२ वर्षीय नजबुल मियाँ, ५५ बर्षीय वालिस भनिने कालिस मियाँ, ६० बर्षीय रफु भनिने रफुवा मियाँ, ४२ बर्षीय इजराइल मियाँ र ३२ बर्षीय जाकिर मियाँ छन् ।
फेसबुकबाट तपाईको प्रतिक्रिया !