Advertisement
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • राष्ट्रिय
  • स्थानीय तह
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
    • दुर्घटना
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
    • जनप्रभाबन्युज विशेष
  • मनोरञ्जन
  • भाषा
    • नेपाली
    • मैथिली
    • हिन्दी
    • English
  • ई-पेपर
  • अन्य
    • बैंक
    • मौसम
    • आर्थिक
    • क्राइम रिपोर्ट
    • तस्करी रिपोर्ट
    • फोटो फिचर
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि
No Result
View All Result
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • राष्ट्रिय
  • स्थानीय तह
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
    • दुर्घटना
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
    • जनप्रभाबन्युज विशेष
  • मनोरञ्जन
  • भाषा
    • नेपाली
    • मैथिली
    • हिन्दी
    • English
  • ई-पेपर
  • अन्य
    • बैंक
    • मौसम
    • आर्थिक
    • क्राइम रिपोर्ट
    • तस्करी रिपोर्ट
    • फोटो फिचर
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि
No Result
View All Result
Janprabhabnews
No Result
View All Result

नेकपा एमालेको निर्णयमा विरोधास : सहमतिका १० बुँदा अनुमोदन अनि कारवाही पनि ?

काठमाडौं । एमालेको केन्द्रीय कमिटीको सोमबारको बैठकले दुई परस्पर विरोधाभास निर्णय गरेको छ । पार्टीको बैठकमा आन्तरिक विवाद सम्बन्धमा गरेका दुई निर्णय एकआपसमा बाझिएको देखिएका छन् । पहिलो, पार्टी कार्यदलले गरेको १० बुँदे सहमतिलाई अनुमोदन गर्ने र दोस्रो शेरबहादुर देउवाको समर्थनमा भोट हाल्ने सांसदहरुलाई कारवाही गर्ने । ‘परस्परविरोधि’ यी दुई निर्णयलाई एमाले नेतृत्वभित्रको विरोधाभासका द्योतकको रुपमा हेरिएको छ । पार्टीका दुवै समुह मुखले एकताको रटान लगाइरहेका छन् तर व्यवहारले दुरी बढाइरहेका छन् । फलतः सिंगो पार्टी अन्योलको भूमरीमा फँसिरहेको छ ।

एकताका लागि १० बुँदे सहमति गरिसकेको माधव नेपाल पक्षका २२ जना सांसद (८ नवआगन्तुकसहित) ले पार्टीको ह्वीपविपरित देउवा सरकारलाई विश्वासको मत दिएका थिए । उनीहरुलाई २४ घण्टे स्पष्टीकरण सोध्ने निर्णय सोमबारको केन्द्रिय समिति वैठकले गरेको छ ।
बैठकका निर्णय सुनाउँदै प्रवक्ता प्रदीप ज्ञवालीले केन्द्रीय कमिटीको १० औं बैठक राखेर १० बुँदे सहमति प्रस्तावको भावनालाई २०७५ जेठ २ को शिलशिलामा जोडेको बताए ।

१० बुँदेको अनुमोदन र कारवाही प्रस्ताव परस्परविरोधी भएनन् भन्ने प्रश्नमा ज्ञवाली भन्छन्, ‘१० बुँदेले पार्टीको निर्णय अवज्ञा गर भन्छ र ? त्यसले त पार्टीलाई एकतावद्ध बनाउने न हो । उहाँहरुले जे गर्नृुभयो त्यो गलत हो ।’ १० बुँदे अनुमोदन गरेको भए पनि एमालेको संस्थापन पक्षले अब माधव नेपाल पार्टीमा नफर्किने निष्कर्ष निकालेको छ । ज्ञवालीले सोमबारको बैठकका निर्णय सुनाउँदा यसबारे पनि उल्लेख गरे ।

‘उहाँहरुलाई सहमतिमा ल्याउन हामीले अथक प्रयास गरेका हौं, आइतबार बिहान पनि हामी माधव नेपालकोमा थियौं,’ उनले भने, ‘त्यहाँ उपस्थित हामी सबैले १० बुँदे सहमतिको स्प्रिट स्वीकार गर्दै अघि बढ्नका लागि आग्रह ग¥यौं । तर, उहाँले तीनवटा कुरामा ठाडो जवाफ दिनुभयो । पहिलो, १० बुँदे सहमतिका कयौं बुँदामा म सहमत छैन । दोस्रो, म कांग्रेसलाई विश्वासको मत दिने वचनबाट पछि हट्न सक्दिनँ । र, तेस्रो, जुन कमिटीमा म अल्पमतमा छु, त्यो कमिटीमा गएर त्यसको निर्णय मान्दिनँ ।’

यसै आधारमा नेपाल पार्टीमा फर्किदैनन् भन्ने निष्कर्ष संस्थापन पक्षले निकालेको हो । नेपाल पक्ष भने अध्यक्ष ओलीले एकता नचाहेको र यो निर्णयबाट एकताको सम्भावना झन् टाढा पुगेको बताउँछ । ‘उहाँले पार्टीको जिम्मेवारीबाट त हामीलाई पहिल्यै निकालिसक्नु भएको छ,’ नेपाल पक्षकी सांसद कल्याणीकुमारी खड्का भन्छिन्, यसको कुनै अर्थ छैन, उहाँ जे मन लाग्यो त्यही गर्नुहुन्छ ।’ खड्काको प्रश्न छ, ‘यस्तो गरेर पार्टी एकताको वातावरण बन्छ त ? हामीले एकता चाहेर मात्रै भएन । हामीलाई कारवाही गर्दा पनि हामी चुप लागेर बस्यौं, तब पनि एकता हुन सकेन । अनि अस्ति कार्यदलका नेता कमरेडहरु स्थायी कमिटी बैठकमा जानुभयो । हाम्रा कुरा राख्छौं भन्दा पनि पार्टीबाट लखेटेर पठाइदिनुभयो ।’
नेपाल पक्षकै आर्का सांसद विरोध खतिवडा अध्यक्ष ओलीले पहिल्यैदेखि पार्टी फुटाउने कामको शुरुवात गरेको र सोमबारको निर्णयले त्यसलाई झन् अगाडि लैजाने बताउँछन् ।

उनले भने, ‘पार्टी फोर्ने कामको शुरुवात त केपी ओलीले पहिल्यै गरेको हो, यो त अन्तिम–अन्तिम मात्रै हो ।’ २४ घण्टाको समय पुग्नेगरि मंगलबार ३ बजे फेरि केन्द्रीय कमिटीको बैठक डाकिएकाले संस्थापन पक्षले कुनै न कुनै कारवाही गर्ने निश्चित देखिन्छ । कस्तो कारवाही भन्नेबारे सोमबार छलफल नभएको प्रवक्ता ज्ञवालीले बताए । त्यसबारे अध्यक्ष ओली निवास बालकोटमा बस्ने स्थायी कमिटी बैठकले तय गर्ने बताइएको छ ।

स्रोतका अनुसार माधव नेपालसहित २२ जनालाई कारवाही गर्ने र अरुलाई महत्वपूर्ण जिम्मेवारी दिने रणनीति संस्थापन पक्षको छ । नेता नेपालले कार्यदलको रिपोर्ट स्वीकार नगरेकाले अब कार्यदलमा रहेका नेताहरुले पनि सोच्नुपर्ने र पार्टी एकता बचाउनुपर्ने ओली पक्षको तर्क छ । आइतबार नेपालसहित २२ जना एमाले सांसदले पार्टीको निर्णयविपरीत देउवालाई विश्वासको मत दिएका थिए । त्यसमा यसअघि केपी ओली पक्षमा रहेका ८ जना सांसद छन् भने बाँकी १४ जना माधव नेपाल समूहका हुन् । माधव नेपाललाई सधैँ साथ दिँदै आएका १० जना सांसदले विश्वासको मतको बेला संसद बैठक छाडेका थिए भने भीम रावलले राजीनामा दिएको घोषणा गरेका छन् ।

जनप्रभाव संवाददाता

जनप्रभाव संवाददाता

जन प्रभाब साप्ताहिक पत्रिकाद्वारा संचालित जनप्रभाबन्युज डटकम अनलाईन पत्रिका सिरहा जिल्लाको नं. १ अनलाइन हो । हामीलाई फेसबुकमा फल्लो गर्न सक्नुहुन्छ । 

सम्बन्धित समाचार

संसद पुनर्स्थापनाका लागि सांसदको हस्ताक्षरसहित आज सर्वोच्च जाँदै कांग्रेस-एमाले
जनप्रभाबन्युज विशेष

संसद पुनर्स्थापनाका लागि सांसदको हस्ताक्षरसहित आज सर्वोच्च जाँदै कांग्रेस-एमाले

1 month पहिले
रास्वपा नेता पराजुली भन्छन्- बालेन, कुलमान र हर्कलाई साथ लिएर अघि बढ्छौँ
जनप्रभाबन्युज विशेष

रास्वपा नेता पराजुली भन्छन्- बालेन, कुलमान र हर्कलाई साथ लिएर अघि बढ्छौँ

1 month पहिले
कानूनमन्त्री सिन्हालाई लिएर कांग्रेस कार्यालयमा पुगे सञ्चारमन्त्री जगदीश खरेल
जनप्रभाबन्युज विशेष

कानूनमन्त्री सिन्हालाई लिएर कांग्रेस कार्यालयमा पुगे सञ्चारमन्त्री जगदीश खरेल

1 month पहिले
कक्षा १२ परीक्षा फाराम खुल्यो, पुस मसान्तभित्र शुल्क बुझाउनुपर्ने
जनप्रभाबन्युज विशेष

कक्षा १२ परीक्षा फाराम खुल्यो, पुस मसान्तभित्र शुल्क बुझाउनुपर्ने

1 month पहिले
रविलक्ष्मी चित्रकारको माग- जेनजीको मुखुण्डो ओढेर देश नष्ट गर्नेहरूमाथि कारबाही गरियोस्
जनप्रभाबन्युज विशेष

रविलक्ष्मी चित्रकारको माग- जेनजीको मुखुण्डो ओढेर देश नष्ट गर्नेहरूमाथि कारबाही गरियोस्

1 month पहिले
महोत्तरीको रघुनाथपुर नाकाबाट व्यापक तस्करी, सशस्त्र र नेपाल प्रहरीकै मिलेमतोको आरोप
आर्थिक

महोत्तरीको रघुनाथपुर नाकाबाट व्यापक तस्करी, सशस्त्र र नेपाल प्रहरीकै मिलेमतोको आरोप

1 month पहिले

ताजा समाचार

जनप्रभाव साप्ताहिक पत्रीका द्वारा संचालित
जनप्रभाव न्युज अनलाइन  डटकम
लहान नपा – १ , सिरहा नेपाल
मो. नम्बर : +9779863964800
इमेल :[email protected]
दर्ता नम्बर : ११८

हाम्रो टीम

कार्यकारी सम्पादक:- चन्दा यादव
कार्यकारी निर्देशक/ संचालक: आलोक यादव
सम्पर्क मो. नं :  9819992976
सल्लाहकार: बिजय कु. गुप्ता/देवकुमार यादव

सामाजिक संजालमा हामी

Facebook Twitter Youtube
  • Privacy Policy

© 2020 JanPrabhabhNews || Powered By ProTech Media || Design By Surendra Singh