Advertisement
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • राष्ट्रिय
  • स्थानीय तह
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
    • दुर्घटना
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
    • जनप्रभाबन्युज विशेष
  • मनोरञ्जन
  • भाषा
    • नेपाली
    • मैथिली
    • हिन्दी
    • English
  • ई-पेपर
  • अन्य
    • बैंक
    • मौसम
    • आर्थिक
    • क्राइम रिपोर्ट
    • तस्करी रिपोर्ट
    • फोटो फिचर
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि
No Result
View All Result
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • राष्ट्रिय
  • स्थानीय तह
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
    • दुर्घटना
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
    • जनप्रभाबन्युज विशेष
  • मनोरञ्जन
  • भाषा
    • नेपाली
    • मैथिली
    • हिन्दी
    • English
  • ई-पेपर
  • अन्य
    • बैंक
    • मौसम
    • आर्थिक
    • क्राइम रिपोर्ट
    • तस्करी रिपोर्ट
    • फोटो फिचर
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि
No Result
View All Result
Janprabhabnews
No Result
View All Result

‘राष्ट्रपतिविरुद्ध जुनकुनै बेला महाअभियोग लाग्न सक्छ’

काठमाडौं। आइतबार प्रतिनिधिसभाको बैठकमा विश्वासको मत लिने क्रममा प्रधानमन्त्री शेरबहादुर देउवाको विपक्षमा जम्मा ८३ मत पर्‍यो। १ सय ४९ जनाको हस्ताक्षरसहित प्रधानमन्त्रीमा दाबी गरेका देउवाले भने सजिलै १ सय ६५ मत पाए।

देउवाको विपक्षमा परेको मत निवर्तमान प्रधानमन्त्रीसमेत रहेका एमाले अध्यक्ष केपी शर्मा ओली पक्षका सांसदहरूको हो। यसअघि गत वैशाख २७ गते विश्वासको मत लिँदा ओलीको पक्षमा ९३ मत परेको थियो। अहिले ओली पक्षीय सांसदहरूको संख्या घटेर ८३ मा समेटिएको छ। एमालेसँग प्रतिनिधि सभामा १ सय २१ मत भए पनि ओलीका पक्षमा रहेका सांसदहरूको संख्या भने निरन्तर ओरालो लागिरहेको छ। यदि ८३ मतको हिसाब गर्ने हो भने प्रतिनिधि सभामा रहेका कूल सदस्य संख्याको जम्मा ३० प्रतिशत हो।

अर्थात् एक तिहाइ भन्दा कम। दुई तिहाइको सरकार बनाएका ओली आफ्नै कारणले एक तिहाइ भन्दा पनि कम अंकगणितमा थन्किनुपरेको छ। राजनीतिक वृत्तमा राष्ट्रपति विद्यादेवी भण्डारीलाई महाभियोग लगाउनुपर्ने चर्चा व्याप्त छ। २५ प्रतिशत सांसदहरूले महाभियोग प्रस्ताव दर्ता गर्न सक्ने भए पनि त्यो पारित हुन् दुई तिहाइ चाहिन्छ। अर्थात् ओलीको पक्षमा रहेका सांसदहरूलाई घटाउने हो भने विपक्षमा रहेका सांसदहरूको सजिलै बहुमत पुग्ने स्थिति छ।

गैरसंवैधानिक हिसाबले २/२ पटक संसद् विघटन गरिदिएको, ओलीसँग मिलेर संविधान च्यात्न खोजेको, अध्यादेशमार्फत देश चलाउन खोजेको जस्ता आधा दर्जन भन्दा बढी आरोप राष्ट्रपति भण्डारीमाथि छ। उनलाई महाभियोग लगाउनुपर्ने भन्दै काँग्रेस, माओवादी, एमालेकै नेपाल समूह, जसपा लगायतका सबै दलका नेताहरूले सार्वजनिक अभिव्यक्ति दिने गरेका छन्। स्वयं माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पनि टेलिभिजन अन्तर्वार्तामा महाभियोगको प्रसंग निकाल्ने गरेका छन्। उनले सिधै महाभियोग लगाउने नबताए पनि परिस्थिति त्यतातिर मोडिएको संकेत भने गर्ने गरेका छन्।

अब प्रश्न उठ्छ, यदि २५ प्रतिशत सांसदहरूले राष्ट्रपति भण्डारीमाथि महाभियोगको प्रस्ताव दर्ता गरिहाले भने के हुन्छ ? के ओली र उनी पक्षीय सांसदहरूले त्यसलाई असफल बनाउन सक्लान् त ? अहिलेको यक्ष प्रश्न बनेको छ। संसदमा रहेका सदस्य संख्यामध्ये ६६ दशमलव ६७ प्रतिशत सांसदहरूले महाभियोग पारित गर्न सक्छन्। अहिलेको अंकगणित हेर्दा ओली त्यसलाई रोक्न सक्ने स्थितिमा छैनन्।

एमालेको असन्तुष्ट समूह मानिएको नेता नेपालले नेतृत्व गरेको समूह दिनप्रतिदिन बलियो हुँदै गइरहेको छ। आइतबार देउवालाई विश्वासको मत दिने क्रममा ओली पक्षका प्रेम आले लगायतका ८ सांसदहरूले फ्लोर क्रस गरेका छन्। एमालेमा नेता नेपाल शक्तिशाली हुँदै जाने स्थितिमा थप सांसदहरूले उनलाई साथ दिन सक्ने आंकलन गरिएको छ।

औपचारिक बैठकमा कुरा नउठेको भए पनि काँग्रेस र माओवादीका नेताहरूबीच राष्ट्रपतिमाथि महाभियोग लगाउने विषयमा कुराकानी हुन थालेको छ। ओलीको पक्षमा रहेका सांसदहरूको संख्या घट्दै गएको देखेर सत्ता पक्षीय गठबन्धनमा उत्साह छाएको छ। ओली आफू प्रधानमन्त्री हुँदा हरतरहमा राष्ट्रपतिबाट साथ र सहयोग पाउँदै आएका थिए। प्रतिनिधि सभाको विघटन होस् या धारा ७६ को उपधारा ५ बमोजिम प्रधानमन्त्रीको दाबी पर्दा होस्, राष्ट्रपति भण्डारीले ओलीबाहेक कसैलाई प्रधानमन्त्री सोच्नै नसकेको आरोप लागिरहेको छ।

यहाँसम्म कि राष्ट्रपति भण्डारीले शितलनिवासलाई पार्टी विवाद मिलाउने थलो बनाएकी थिइन्। चाहे नेकपा होस्, चाहे एमाले होस्, पार्टीभित्र देखिएको विवादलाई समाधान गर्न राष्ट्रपति भण्डारीले एक पक्षलाई दबाबमा राख्ने र अर्को पक्षलाई उकास्ने काम गरेकी थिइन्। राष्ट्रप्रमुख भइकन पनि राष्ट्रपति भण्डारीले पार्टीको गुट शितलनिवासबाट चलाइरहेको आरोप नौलो होइन।

प्रधानमन्त्री देउवालाई नियुक्ति गर्दा राष्ट्रपतिको तुष देखिएको थियो। संविधानअन्तर्गत बनेका प्रधानमन्त्रीलाई अदालतको आदेशबाट बनेको प्रधानमन्त्री भन्दै नयाँ भाष्य निर्माण गरेकी थिइन् राष्ट्रपति भण्डारीले। जसो तसो शपथ ग्रहण गराइसकेपछि उनले देउवालाई बधाई र शुभकामनासमेत दिन जरुरी ठानिनन्। शपथ ग्रहणमा पहिलो पटक निवर्तमान प्रधानमन्त्री उपस्थित भएको दृश्य राष्ट्रपति कार्यालयमा देखिएको थियो।

दुई तिहाइबाट एक तिहाइ भन्दा पनि कम अंकगणितमा खुम्चिएका ओलीसँग अब राष्ट्रपति भण्डारीमाथि लाग्ने सम्भावित महाभियोग रोक्ने चुनौती छ। अदालतको किटानी आदेशबाट सत्ताच्युत भएका ओली आफू निरन्तर कमजोर बन्दै गइरहेका छन् भने राष्ट्रपतिको भविष्य पनि भगवान् भरोसा छ ।

जनप्रभाव संवाददाता

जनप्रभाव संवाददाता

जन प्रभाब साप्ताहिक पत्रिकाद्वारा संचालित जनप्रभाबन्युज डटकम अनलाईन पत्रिका सिरहा जिल्लाको नं. १ अनलाइन हो । हामीलाई फेसबुकमा फल्लो गर्न सक्नुहुन्छ । 

सम्बन्धित समाचार

संसद पुनर्स्थापनाका लागि सांसदको हस्ताक्षरसहित आज सर्वोच्च जाँदै कांग्रेस-एमाले
जनप्रभाबन्युज विशेष

संसद पुनर्स्थापनाका लागि सांसदको हस्ताक्षरसहित आज सर्वोच्च जाँदै कांग्रेस-एमाले

3 weeks पहिले
रास्वपा नेता पराजुली भन्छन्- बालेन, कुलमान र हर्कलाई साथ लिएर अघि बढ्छौँ
जनप्रभाबन्युज विशेष

रास्वपा नेता पराजुली भन्छन्- बालेन, कुलमान र हर्कलाई साथ लिएर अघि बढ्छौँ

3 weeks पहिले
कानूनमन्त्री सिन्हालाई लिएर कांग्रेस कार्यालयमा पुगे सञ्चारमन्त्री जगदीश खरेल
जनप्रभाबन्युज विशेष

कानूनमन्त्री सिन्हालाई लिएर कांग्रेस कार्यालयमा पुगे सञ्चारमन्त्री जगदीश खरेल

3 weeks पहिले
कक्षा १२ परीक्षा फाराम खुल्यो, पुस मसान्तभित्र शुल्क बुझाउनुपर्ने
जनप्रभाबन्युज विशेष

कक्षा १२ परीक्षा फाराम खुल्यो, पुस मसान्तभित्र शुल्क बुझाउनुपर्ने

3 weeks पहिले
रविलक्ष्मी चित्रकारको माग- जेनजीको मुखुण्डो ओढेर देश नष्ट गर्नेहरूमाथि कारबाही गरियोस्
जनप्रभाबन्युज विशेष

रविलक्ष्मी चित्रकारको माग- जेनजीको मुखुण्डो ओढेर देश नष्ट गर्नेहरूमाथि कारबाही गरियोस्

3 weeks पहिले
महोत्तरीको रघुनाथपुर नाकाबाट व्यापक तस्करी, सशस्त्र र नेपाल प्रहरीकै मिलेमतोको आरोप
आर्थिक

महोत्तरीको रघुनाथपुर नाकाबाट व्यापक तस्करी, सशस्त्र र नेपाल प्रहरीकै मिलेमतोको आरोप

3 weeks पहिले

ताजा समाचार

जनप्रभाव साप्ताहिक पत्रीका द्वारा संचालित
जनप्रभाव न्युज अनलाइन  डटकम
लहान नपा – १ , सिरहा नेपाल
मो. नम्बर : +9779863964800
इमेल :[email protected]
दर्ता नम्बर : ११८

हाम्रो टीम

कार्यकारी सम्पादक:- चन्दा यादव
कार्यकारी निर्देशक/ संचालक: आलोक यादव
सम्पर्क मो. नं :  9819992976
सल्लाहकार: बिजय कु. गुप्ता/देवकुमार यादव

सामाजिक संजालमा हामी

Facebook Twitter Youtube
  • Privacy Policy

© 2020 JanPrabhabhNews || Powered By ProTech Media || Design By Surendra Singh