हेटौंडा । तीनवटा राष्ट्रिय राजमार्गले छोएको मकवानपुर पछिल्लो समय लागूऔषध कारोबार तथा ओसारपसारको ‘ट्रान्जिट’ बन्न थालेको छ ।जिल्लाभित्रै उत्पादन हुने गाँजा, अफिम र चरेससँगै भारतीय सीमाबाट मकवानपुर भित्रिने सिरिन्ज लगायत लागूऔषधको कारोबारले मकवानपुर लागूऔषधको ट्रान्जिट बनेको प्रहरीको आँकलन छ ।
मकवानपुरबाट ठूलो मात्रामा लागूऔषध गाँजा बाहिरिने गरेको छ । जिल्लाको उत्तरी क्षेत्रमा लागूऔषधको खेती हुने र छिमेकी धादिङबाट पनि मकवानपुरकै बाटो हुँदै तराईका जिल्लामा लागूऔषध ओसारपसार हुने गरेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरीक्षक जयश्वर रिमालले बताए ।प्रहरीले आर्थिक वर्ष २०७७/७८ मा ३३ वटा सवारी साधनबाट लागूऔषध बरामद गरेको छ ।
फेसबुकबाट तपाईको प्रतिक्रिया !