बैठक हलमै भयो हो–हल्ला
काठमाडौं । नेकपा एमाले केन्द्रीय कमिटी बैठकमा अध्यक्ष केपी शर्मा ओलीले वरिष्ठ नेता माधवकुमार नेपाल लगायत २२ जना सांसदलाई २४ घण्टे स्पष्टीकरणको प्रस्ताव गरेका छन् ।प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिएका नेपालसहित २२ सांसदलाई अनुशासनको कारवाही गर्न ओलीले २४ घण्टे स्पष्टीकरणको प्रस्ताव गरेका हुन् ।
बैठक हलमा उपस्थित सबै केन्द्रीय सदस्यले स्पष्टीकरणको आवश्यकता नरहेको भन्दै तत्कालै कारवाही हुनुपर्ने माग राखेपछि केहीबेर बैठकमा होहल्ला भएको थियो ।बैठकमा महेश बस्नेत, खिमलाल भट्टराई, कृष्ण राईलगायतका सदस्यहरुले आजै पार्टीबाट निकाल्नुपर्ने माग राखेका थिए । आजै कारवाही गरेर निकाल्नुपर्छ भन्ने सदस्यहरूले केहीबेर हुटिङ गरेको एक नेताले बताए ।
फेसबुकबाट तपाईको प्रतिक्रिया !