काठमाडौं । आफ्नो पार्टीको सररकार ढालेर प्रधानमन्त्री बनेका शेरबहादुर देउवाले संसदबाट उल्लेख्य मात्रामा विश्वासको मत पनि पाएपछि नेकपा एमालेका महासचिव ईश्वर पोखरेल आक्रोशित भएका छन्।
यसलाई उनले लामो समयदेखि जारी अराजनीतिक/अनैतिक भद्दा नाटकको पटाक्षेप भनेका छन्। साथै देखापरेका खलनायक र विदुषकलाई म्रोसँग चिन्न आह्वान पनि गरेका छन्।
‘केही पात्रहरूद्वारा केही समयदेखि जारी अराजनीतिक/अनैतिक भद्दा नाटकको एउटा खण्ड पटाक्षेप भएको छ,’ देउवाले विश्वासको मत पाएको रात आइतबार एमाले महासमचिव पोखरेललले सामिाजक सञ्जालबाट आक्रोश पोखेका छन्, ‘कलाकारका रूपमा बाहिर देखापरेका खलनायक र विदुषकबारे भ्रममा नपरौं। सबैले राम्ररी चिनौं।’
सर्वाेच्च अदालतको परमादेशअनुसार राष्ट्रपति विद्यादेवी भण्डारीद्वारा गत असार २९ गते प्रधानमन्त्रीमा नियुक्त देउवाले हिजो साउन ३ गते प्रतिनिधि सभामा विश्वासको मत लिँदा १६५ मत पाएका हुन्। योसँगै प्रतिनिधि सभा जोगिएको छ भने देउवाले डेढ वर्ष निरन्तरता पाउने भएका छन्।
फेसबुकबाट तपाईको प्रतिक्रिया !