काठमाडौं । नवनियुक्त प्रधानमन्त्री शेरबहादुर देउवाले टीकापुर घटनाका आरोपित भनिएका रेशम चौधरी राष्ट्रिय सहमतिको आधारमा छुटाउन सकिने बताएका छन्।
उनले प्रतिनिधिसभा बैठकमा बोल्दै यस्तो बताएका हुन्। बैठकमा बोल्दै उनले भने, ‘रेशम चौधरी मैंले पनि चिनेकै मान्छे हो। सहमति भए रेशम चौधरीलाई छुटाउ भन्ने मान्छे म पनी हो।
राजनैतिक ब्यक्तिलाई जेलमा थुनेर समस्या समाधान हुदैन। तर, अदालतले त्यो मान्दैन। यदी सहमति भयो भने उहाँलाई छुटाऔ।’ देशलाई एक बनाएर जानु पर्ने र मधेश पहाड सम्पुर्ण क्षेत्रको समस्या समाधान गरेर जानुपर्ने उनको भनाइ छ। रेशम चौधरी कैलाली क्षेत्र नं १ बाट निर्वाचित जसपा सांसद हुन्।
फेसबुकबाट तपाईको प्रतिक्रिया !