काठमाडौं । सर्वोच्च अदालतको आदेशबाट पुनर्स्थापित प्रतिनिधिसभाको बैठक आज बस्दै छ । आज दिउँसो ४ बजे नयाँ बानेश्वरस्थित संसद भवनमा बैठक बस्न लागेको हो ।
तत्कालीन प्रधानमन्त्री केपी ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले विघटन गरेको प्रतिनिधिसभा सर्वोच्च अदालतले पुनर्स्थापित गरिदिएको थियो ।
आजको बैठकका लागि संसद सचिवालयले सम्भावित कार्यसूची तय गरेको छ । संसदको यही अधिवेशनबाट प्रधानमन्त्री शेरबहादुर देउवाले विश्वासको मत लिनेछन् ।
फेसबुकबाट तपाईको प्रतिक्रिया !