तुलसीपुर । जिल्ला प्रहरी कार्यालय दाङले चोरी र लागुऔषध ओसार पसारमा संलग्न रहेको आरोपमा हवलदारसहित ३ जना घुमुवा प्रहरीलाई नियन्त्रणमा लिएको छ । मोटरसाईकल चोरीमा संलग्न रहेको आरोपमा ईलाका प्रहरी कार्यालय भालुबाङमा कार्यरत हवलदार मानबहादुर विक, प्रहरी जवान तिलक केसी र लागुऔषध ओसार प्रसारमा संलग्न रहेको आरोपमा कालाकाँटे प्रहरी चौकीमा कार्यरत घुमुवा प्रहरी नरेन्द्र पुनलाई नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरिएको प्रहरी स्रोतले बताएको छ ।
प्रहरी स्रोतका अनुसार पक्राउ परेका तीनै जनालाई असार २९ गते निलम्बन गरेर अनुसन्धान सुरु गरिएको छ । जिल्ला प्रहरी कार्यालय दाङका प्रमुख एसपी सुरेश काफ्लले घटनाको विषयमा अनुसन्धान भइरहेको बताउनुभयो । “अनुसन्धान भइरहेको छ । सकिएको छैन । अनुसन्धान कन्टिन्यु भइरहेको छ । आन्तरिक पनि हो । अनुसन्धान नसकिएर बोल्न पनि मिल्दैन्,’ एसपी काफ्लेले भन्नुभयो – “समातिराख्या छ । विस्तृत रुपमा आउन बाँकी छ । अनुसन्धान पछि सबै भन्छौ हुजुर ।”
फेसबुकबाट तपाईको प्रतिक्रिया !