जनकपुरधाम। प्रदेश नं. २ को प्रदेश प्रमुख राजेश झा अहिराजले प्रदेश सरकारको नव नियुक्त मन्त्रीलाई आज पद तथा गोपनियताको सपथ ग्रहण गराउनु भएको छ ।मुख्यमन्त्री लालबाबु राउतले आजै नियुक्त गर्नु भएको आन्तरिक मामिला तथा संचार मन्त्री मन्त्री भरत प्रसाद साहलाई प्रदेश प्रमुख झाले मधेश भवनमा आयोजित सपथ ग्रहण समारोहमा सपथ ग्रहण गराउनु भएको हो ।
त्यसै गरि नवनियुक्त आन्तरिक मामिला तथा संचार राज्यमन्त्री रुवी कुमारी कर्णलाई प्रदेश प्रमुख झाको उपस्थितिमा मुख्यमन्त्री राउतले सपथ ग्रहण गराउनु भएको हो ।जनता समाजवादी पार्टीको नेतृत्वमा रहेको प्रदेश सरकारमा नेकपा माओवादी लाई सरकारमा सहभागी गराउन जसपा बाट मन्त्री रहनु भएका ज्ञानेन्द्र कुमार यादव र राज्यमन्त्री सरोज कुमार कुशवाहाले हिजो मात्रै राजिनामा गर्नु भएको थियो ।
सपथ ग्रहण समारोहमा सभामुख सरोज कुमार यादव, प्रदेश सरकारका मन्त्रीहरु, उच्च अदालत जनकपुरका मुख्य न्यायधिश, प्रमुख सचिव लगायत प्रदेश सरकारका उच्च पदाधिकारीहरुको उपस्थिति रहेको थियो ।
फेसबुकबाट तपाईको प्रतिक्रिया !