Advertisement
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • राष्ट्रिय
  • स्थानीय तह
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
    • दुर्घटना
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
    • जनप्रभाबन्युज विशेष
  • मनोरञ्जन
  • भाषा
    • नेपाली
    • मैथिली
    • हिन्दी
    • English
  • ई-पेपर
  • अन्य
    • बैंक
    • मौसम
    • आर्थिक
    • क्राइम रिपोर्ट
    • तस्करी रिपोर्ट
    • फोटो फिचर
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि
No Result
View All Result
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • राष्ट्रिय
  • स्थानीय तह
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
    • दुर्घटना
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
    • जनप्रभाबन्युज विशेष
  • मनोरञ्जन
  • भाषा
    • नेपाली
    • मैथिली
    • हिन्दी
    • English
  • ई-पेपर
  • अन्य
    • बैंक
    • मौसम
    • आर्थिक
    • क्राइम रिपोर्ट
    • तस्करी रिपोर्ट
    • फोटो फिचर
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि
No Result
View All Result
Janprabhabnews
No Result
View All Result

सुरक्षाकर्मीको मनोबल बढाउँछु, ब्याच मिचेर बढुवा हुँदैन : नवनियुक्त गृहमन्त्री बालकृष्ण


काठमाडौं । नवनियुक्त गृहमन्त्री बालकृष्ण खाँडले आफ्नो पहिलो प्राथमिकता नागरिकको जीवनरक्षा रहेको बताएका छन् । न्यूज एजेन्सी नेपालसग कुराकानी गर्दै गृहमन्त्री खाँडले विगतमा प्रतिपक्षमा रहँदा उठाएका प्रश्नहरुको जवाफ सरकारबाट दिने प्रयास गर्ने बताए ।जनतालाई सरकार छ भन्ने प्रत्याभूति गराउन गृह मन्त्रीका रुपमा काम गर्ने प्रतिवद्धता खाँडले गरेका छन् । प्रस्तुत छ गृहमन्त्री खाँडसँग गरिएको अन्तरवार्ताको

सम्पादित अंश:

गृहमन्त्री बन्नुभएको छ । यो जिम्मेवारीका चुनौतीलाई कुन रुपमा सामना गर्नुहुन्छ ?म नेपाली कांग्रेसको सिपाही हुँ । मुलुकको जिम्मेवार नागरिक पनि हुँ । त्यसकारण मैले गृह मन्त्रालयलाई एउटा नागरिकको आँखाबाट हेर्छु । जनप्रतिनिधिले निर्वाह गर्नुपर्ने भुमिकाका बारेमा मैले मेहेनत गर्छु । सरकारको कामबारे ‘फस्र्ट इम्प्रेसन’ दिने नै गृहमन्त्रालयले हो । जनतालाई देशमा भरोसायोग्य सरकार छ भनेर भरोसा दिलाउने काम गृह मन्त्रालयको हो ।

नागरिकता बनाउन जिल्ला प्रशासनमा जाँदा होस वा प्राकृतिक प्रकोपको बेलामा होस जनताले सरकारको अनूभुति गर्न पाउनुपर्छ । त्यही अनूभुति गराउने गरी काम गर्नेछु । जनतालाई सरकार छ, सरकार मेरो साथमा छ , दुःख सुखमा साथ दिन्छ भन्ने अनुभूति दिनुपर्छ भन्ने मेरो मान्यता र सोच हो । त्यसको लागि नै म कार्यरत रहन्छु ।

राजनीतिक हस्तक्षेपका कारण सुरक्षा निकायको मनोबल कमजोर भएको बेला छ । त्यस्तो मनोबल कसरी बढाउनुहुन्छ ?

कर्मचारी भन्नुस वा प्रहरी, शिक्षक भन्नुस वा अरु कोही राष्ट्रसेवक । सबैको योगदान महत्वपूर्ण छ । सुरक्षाकर्मीको विषय अझ बढी संवेदनशील हो । उनीहरु चौबिसै घण्टा जिम्मेवारीमा खटिएका हुन्छन् । ज्यानको जोखिम लगाएर जनताको हित र सुरक्षाका लागि उनीहरुले खटिनुपर्छ । अहिले कोरोनाको कहर छ । वर्षाका कारण बाढी पहिरोले पनि जनतालाई दुःख दिएको छ । सुरक्षाकर्मीले त हरेक हिसाबले जनताको सेवा गर्नैपर्छ । आफ्नो ज्यानको परवाह नगरेर पनि जनताको जीवन सुरक्षाकर्मीले बचाएका छन् । त्यसैले उनीहरुको कामको सम्मान हुनुपर्छ भन्ने मेरो मान्यता छ । हामीले पर्याप्त साधनस्रोत दिन नसकेको कुरा सत्य हो । सुविधा पनि पर्याप्त छैन । तरपनि राष्ट्रसेवक कर्मचारी र सुरक्षाकर्मीहरु अहोरात्र खटिनुभएको छ । उहाँहरुलाई प्रोत्साहन गर्ने सरकारको नीति रहनेछ । सुरक्षाकर्मी वा कर्मचारीको मनोबल कुनै कारणले कमजोर हुन दिइनेछैन ।
कोभिड महामारीमा अग्रभागमा खटिएका सुरक्षा निकायलाई दिने भनेको भत्ता अहिले सम्मपनि नपाएको अवस्था छ । यसबारेमा के गर्नुहुन्छ ?
कोभिड महामारीमा सुरक्षा निकाय र राष्ट्रसेवक कर्मचारीहरु खटिनुपरेको छ । जनताको सुरक्षाका लागि पनि सरकारको प्रतिवद्धता छ । सबैलाई भ्याक्सिन छिटोभन्दा छिटो लगाउने हो । सबैको उपचार गर्ने हो । सबै संक्रमितहरुको जीवन बचाउँ त्यसका लागि सरकार दत्तचित्त छ ।
त्यसको साथसाथै गृह मन्त्रालय र हाम्रो सुरक्षा निकायहरुले फ्रन्टलाइनमा बस्ने राष्ट्रसेवक कर्मचारी र सुरक्षा निकायका सुरक्षाकर्मीहरुको जीवन रक्षा गर्नु पनि सरकारकै दायित्व हो । यसबारेमा पनि हामी हामी गम्भिर छौँ । उहाँहरु संक्रमित नहुनुहोस् । त्यसका लागि आवश्यक सामग्रीहरु उपलब्ध गराउने । आवश्यक प्रशिक्षण दिने । आवश्यक भ्याक्सिनहरु दिने । संक्रमित भइहाल्यो भने ति सुरक्षाकर्मी र राष्ट्रसेवकको पनि जीवन रक्षा गर्ने, तीनको पनि उपचार गर्ने दायित्व हाम्रो हो भनेका छौँ । त्यसको लागि मैले उहाँहरुसँग ब्रिफिङमा पनि भनेको छु कि राम्रो कामको लागि सराहना गर्दछु र तपाईँहरुको जीवन रक्षाको लागि सरकार साथमा छ । मन्त्रालय तपाईँहरुको साथमा छ । उहाँहरुलाई उत्साहित र प्रोत्साहित गर्ने काम गर्छौं ।
अपराध अनुसन्धानमा सुरक्षा निकाय भन्दा निजामती कर्मचारीमा भर परेको आरोप लाग्ने गरेको छ । निर्मला पन्त प्रकरणमा पनि त्यस्तै प्रश्न उठ्यो । अब के हुन्छ ?
यसमा मिडियाले पनि सहयोग गर्नुपर्छ । कुनै घटना घट्यो । नेपाल प्रहरीले त तत्काल त्यहाँ अनुसन्धान थाल्छ । उसको त त्यो दायित्व र कर्तव्यभित्रै पर्छ । तर त्यसको तथ्य छानविन गरेर बाहिर ल्याउन केही समय पनि लाग्छ । फेरी छानविन भईरहेको बेलामा सबै कुराहरु छानविनका रिपोर्टहरु बाहिर ल्याउनुपनि उचित नहोला । किनभने कतिपय कुराहरु छानविन भइराखेको हुन्छ । पत्ता लगाउन खोजिरहेको हुन्छ ।
जम्मै कुरा भन्ने हो भने त सम्बन्धित अपराधी भागिरहेको पनि हुन्छ । त्यसकारणले त्यसको गोपनियता राखेको पनि होला । तर जनस्तरबाट आवाज उठ्छ, हामीले पनि उठाइन्छ । पुलिसले छानविन गर्नै सकेन । पुलिसले अपराधीलाई पक्रनै सकेन, जाँचबुझ नै गर्न सकेन विभिन्न स्तरबाट त्यो कुरा उठ्दाखेरी छानविन समिती बनाइदिऊँ भनेर मन्त्रालयले छानविन समिति बनाईदिन्छ । छानविन बनाउँदाखेरी पनि प्रहरीले त्यसमा अनुसन्धान त गर्नैपर्छ ।
त्यसकारणले यसमा कतिपय यस्ता मुद्धाहरु होलान्, कतिपय यस्ता घटना होलान् जहाँ तथ्यगत छानविन गर्नुपर्ला । काहीँ संसदीय छानविन समिति चाहिएला । कहीँ न्यायिक छानबिन समिति चाहिएला । कहिँ प्रशासनिक छानबिन समिति चाहिएला । तर कुनै घटना भयो र त्यो घटना बाहिर आयो, जनमानसमा एउटा आक्रोश जाग्यो भने त्यो घटनाको तथ्य पत्ता लगाउने भन्दापनि जनमानसमा उठेको आक्रोसलाई शान्त पार्नका लागि छानविन समिति बनाईदिएको घटनाहरु पनि होलान् ।त्यसकारणले कतिखेर साच्चै छानविन समिति बनाउने, कतिखेर पुुलिसमाथि पुरै भरोसा गरेर पुलिसलाई हामीले साथ दिने, त्यसका लागि बरु आवश्यक सामग्री, उपकरणहरु दिने कि त्यसमा तपाईहरुले पनि मद्दत गर्नुस् म पनि लागौंला ।
हिजो तपाईँ विपक्षी दलको प्रमुख सचेतक हुनुहुन्थ्यो । प्रश्न गर्ने ठाउँमा हुनुहुन्थ्यो । कयौँ घटनामा तपाईले आफैले प्रश्न गर्नुभएको छ । आज तपाई जवाफ दिने ठाउँमा र जिम्मेवारी लिने ठाउँमा आउनुभएको छ । यी दुई भूमिकाको सन्तुलन कसरी मिलाउनुहुन्छ ?

घटना भयो । त्यतिखेर प्रश्न उठाईयो । जिज्ञासा उठाईयो । जानकारी सरकारसँग मागियो । किनकी आम नागरिकसँग, जनप्रतिनिधी सँग घटनाको बारेमा केही तथ्यहरु थाहा हुन्छ । केही कुरा देखिन्छ, सुनिन्छ तर सत्य, यथार्थ थाहा नहुनसक्छ । त्यसकारणले यो घटनाको बारेमा यथार्थ कुरा जनता समक्ष ल्याईयोस् भनेर जनप्रतिनिधिले माग गर्नु त्यो सही कुरा हो । तर सरकारले, सरकारको प्रतिनिधि या मन्त्रीले त्यसमा सत्यतथ्यको जानकारी दिने हो ।

विगतमा हामीले जुन ढंगले प्रश्न उठाएका छौँ ति प्रश्नहरुको जवाफ कतिपय सवालमा आफैँ दिने ठाउँमा पनि पुगिन्छ । त्यसकारणले खास गरेर हाम्रो यो बहुदलीय शासन व्यवस्था त्यो पनि बहुलवादमा आधारित बहुदलीय लोकतन्त्रमा सरकर कहिले प्रतिपक्षमा पुग्छ कहिले प्रतिपक्ष सरकारमा पुग्छ । त्यसैले यसलाई सहजै रुपमा लिनुपर्ने हुन्छ । र विगतको कतिपय सन्दर्भहरुलाई हामीले अध्ययन पनि गर्नुपर्दछ । र त्यो अध्ययनबाट हामीले पाठ लिएर आउने दिनमा अझै राम्रो पनि गर्न सक्नुपर्दछ ।
तपाईका प्राथमिकताहरु के-के हुन् ?

पहिलो प्राथमिकता नागरिकको जीवनरक्षा हो । किनकी यो राज्यप्रणालीको दुनियाँमा प्रार्दुभाव किन भयो, सरकार किन बन्यो, समुदायमा हामी किन बस्यौँ भन्दा हाम्रो जीवन रक्षाको लागि हो । मान्छेले आफ्नो जीवनरक्षाको लागि मान्छे मान्छेसँग मिलेर समुदाय बनायो राज्य प्रणालीमा सुरुवात गर्‍यो । जुनसुकै सरकारले पनि मेरो शासन व्यवस्था भित्रको नागरिकको जीवन रक्षा मेरो पहिलो दायित्व हो, कुनैपनि नागरिकले अकालमा मृत्युवरण गर्नु हुँदैन भन्ने नै हाम्रो मुल प्राथमिकता हो ।

त्यसकारले विभिन्न घटना परिघटनाबाट मान्छेको ज्यान जाने कुरा होस्, चाहे यो कोरोना महामारीबाट मान्छेको ज्यान जाने कुरा होस्, संक्रमणको कारणले, जुनखालको हाम्रो अर्थ व्यवस्था पनि थिलथिलो भएको छ । यसैलाई नै हामिले प्राथमिकताको साथ अगाडी लाने हो । गृहमन्त्रालयका थुप्रै कार्यक्षेत्रहरु छन् । त्यसलाई पनि हामीले परिष्कृत गर्दै राम्रो गराउँदै जाने हो ।
तपाईँले पदबहाली गरेलगत्तै विभिन्न सुरक्षा अधिकारीहरुसँग छलफल गर्नुभएको थियो । के कुराकानी भएको थियो ?

उहाँहरुले यो मन्त्रालयको सांगठनिक ढाँचा, यसको काम, कर्तव्य, कार्यक्षेत्रको बारेमा जानकारी गराउनुभयो । मैले आफ्नो अनुभवहरु र उहाँले जानकारी गराएको कुराहरुमा आफ्नो धारणाहरु राखें र सबैलाई धन्यवाद दिएँ । त्यसपछि यो मन्त्रालय मातहतका सुरक्षा निकायहरुसँग आफ्नो–आफ्नो निकायमै छलफल हुन्छ । त्यसपछि विभिन्न तहगत विभागहरु छन् उनीहरुसँग पनि छलफल हुन्छ । अहिले खाली मैले पदवहाली गरें । सचिवजीले यहाँको स्थितिको बारेमा र यसको सांगठनिक ढाँचाको बारेमा, काम, कर्तव्य, अधिकार र भुमिकाको बारेमा, केही समस्या र चुनौतीहरुको बारेमा ब्रिफ गर्नुभयो ।

मैले एउटा नागरिकको चस्मा लगाएको जुन अवस्थामा म छु, मैले एउटा नागरिकले गृहको बारेमा, नागरिकले सुरक्षाको बारेमा, सुरक्षाकर्मीको बारेमा जे धारणा राख्छ, त्यो मैले राखें । हामी सबै मिलौँ । मुलभूत रुपमा नेपालको जुन शासन प्रणाली छ यो शासन प्रणालीमा नेपाली जनता नै मालिक हुन् । र हामीहरु राजनीतिकर्मी जनप्रतिनिधिहरुपनि हामी सेवक हौँ । तपाईँहरु राष्ट्रिय सेवक पनि जनताको सेवक हो । त्यसकारणले हामी एक आपसमा हातेमालो गरौँ । जनतालाई मालिक बनाउने, मालिकको अनुभुति दिने, संविधानमा, विधिमा, कानुनमा मालिक त बनाईयो ।

तर मनमा, अनुभुतिमा जनतालाई साच्चै सरकार सेवक भएछ, जनप्रतिनिधि सेवक भएछन्, हामी मालिक भएछौँ भन्ने अनुभुति दिन सकौँ । त्यसको लागि सामुहिक प्रयत्न गरौँ । म तपाईहरुसँग मित्रवत् व्यवहार गर्छु । म तपाईहरुको साथीको रुपमा आएको छु भने मैले ।
सशस्त्र प्रहरीको बिओपी स्थापनाको कार्य अघि बढीरहेको छ । यसमा तपाईको प्राथमिकता के रहन्छ ? प्रहरीको समायोजन, सरुवा बढुवाको बारेमा के छ ?

बिओपीको बारेमा, नेपालको भुमिको रक्षा गर्ने काम हाम्रो हो । सरकारको हो । नागरिकको सुरक्षा गर्ने दायित्व पनि हाम्रो हो । बिओपीले राष्ट्रिय भूमिको रक्षा र नागरिकको रक्षामा मद्दत पुर्‍याउँछ भन्ने नै हामी सबैको विश्वास हो र त्यसले निरन्तरता पाउँछ । जहाँसम्म सरुवा, बढुवाको कुरा गर्नुभयो । त्यसमा कार्यक्षमताकै आधारमा गर्नुपर्दछ भन्ने मेरो मान्यता हो । एउटा सामान्य नागरिकले पनि के भन्छ भने यसले राम्रो जनताको मन जित्ने काम गरेको छ ।

जनतालाई सम्मानित गर्दै आफ्ना कामहरु सम्पन्न गरेको छ भने कतिपय जिल्लामा सिडियोलाई, राष्ट्रसेवक कर्मचारीलाई, पुलिस प्रशासकलाई अभिनन्दन गरेर खाँदा र मालाले ढाकेर पठाईदिएका पनि छन् । सम्मान गरेर बिदाई हुने बेलामा । कतिपय ठाउँमा साटाक सुटुक हिड्नुपर्ने अवस्था पनि छ । यो सन्तुलन मिलाएरै गर्नुपर्ने हुन्छ । मैले यसमा अध्ययन गर्नै बाँकी छ । भर्खर आएको छु । सबैको सल्लाह मलाई चाहिन्छ, कसरी मैले जाने ।

बाहिर जनमानसमा के छ भन्दाखेरी बढुवामा व्याचका व्याच जम्प गराउनु राम्रो होईन् भन्ने छ जनतामा । एकदमै विशेष दख्खल हासिल गरेको, कुनै विज्ञता हासिल गरेको, कुनै त्यस्ता ठुला घटनाहरुलाई बढो गम्भीरताका साथ अनुसन्धान गरेर ठुलो स्याबासी लायक काम गरेकाहरुलाई काम गर्नेले सम्मान पाउँछ, काम गर्नेले स्थान पाउँछ भनेर इम्प्रेसन दिन गर्ने कुरा अलग हो । नभएदेखि ब्याचका ब्याच मिचेर गर्नु राम्रो होईन भन्ने आम जनताको भनाई छ । त्यसप्रति म गम्भीर छु ।
कोभिड महामारीमा अग्रभागमा खटिएका सुरक्षा निकायलाई दिने भनेको भत्ता अहिलेसम्म पनि नपाएको अवस्था छ । यसबारेमा के गर्नुहुन्छ ?

कोभिड महामारीमा सुरक्षा निकाय र राष्ट्रसेवक कर्मचारीहरु खटिनुपरेको छ । जनताको सुरक्षाका लागि पनि सरकारको प्रतिवद्धता छ । सबैलाई भ्याक्सिन छिटोभन्दा छिटो लगाउने । सबैको उपचार गर्ने । सबै संक्रमितहरुको जीवन बचाउँ त्यसका लागि सरकार दत्तचित्त छ ।

त्यसको साथसाथै गृह मन्त्रालय र हाम्रो सुरक्षा निकायहरुले फ्रन्टलाइनमा बस्ने राष्ट्रसेवक कर्मचारी र सुरक्षा निकायका सुरक्षाकर्मीहरुको पनि उनीहरुको पनि जीवन रक्षाको दायित्व सरकारको हो । मन्त्रालयको हो । विभागको हो । त्यतापट्टिपनि हामी गम्भिर छौँ ।

उहाँहरु संक्रमित नहुनुहोस् । त्यसका लागि आवश्यक सामग्रीहरु उपलब्ध गराउने । आवश्यक प्रशिक्षण दिने । आवश्यक भ्याक्सिनहरु दिने । संक्रमित भइहाल्यो भने ति सुरक्षाकर्मी र राष्ट्रसेवकको पनि जीवन रक्षा गर्ने, तीनको पनि उपचार गर्ने दायित्व हाम्रो हो भनेका छौँ ।

त्यसको लागि मैले उहाँहरुसँग ब्रिफिङमा पनि भनेको छु कि राम्रो कामको लागि सराहना गर्दछु र तपाईँहरुको जीवन रक्षाको लागि सरकार साथमा छ । मन्त्रालय तपाईँहरुको साथमा छ । उहाँहरुलाई उत्साहित र प्रोत्साहित गर्ने काम गर्छौ ।

जनप्रभाव संवाददाता

जनप्रभाव संवाददाता

जन प्रभाब साप्ताहिक पत्रिकाद्वारा संचालित जनप्रभाबन्युज डटकम अनलाईन पत्रिका सिरहा जिल्लाको नं. १ अनलाइन हो । हामीलाई फेसबुकमा फल्लो गर्न सक्नुहुन्छ । 

सम्बन्धित समाचार

संसद पुनर्स्थापनाका लागि सांसदको हस्ताक्षरसहित आज सर्वोच्च जाँदै कांग्रेस-एमाले
जनप्रभाबन्युज विशेष

संसद पुनर्स्थापनाका लागि सांसदको हस्ताक्षरसहित आज सर्वोच्च जाँदै कांग्रेस-एमाले

3 weeks पहिले
रास्वपा नेता पराजुली भन्छन्- बालेन, कुलमान र हर्कलाई साथ लिएर अघि बढ्छौँ
जनप्रभाबन्युज विशेष

रास्वपा नेता पराजुली भन्छन्- बालेन, कुलमान र हर्कलाई साथ लिएर अघि बढ्छौँ

3 weeks पहिले
कानूनमन्त्री सिन्हालाई लिएर कांग्रेस कार्यालयमा पुगे सञ्चारमन्त्री जगदीश खरेल
जनप्रभाबन्युज विशेष

कानूनमन्त्री सिन्हालाई लिएर कांग्रेस कार्यालयमा पुगे सञ्चारमन्त्री जगदीश खरेल

3 weeks पहिले
कक्षा १२ परीक्षा फाराम खुल्यो, पुस मसान्तभित्र शुल्क बुझाउनुपर्ने
जनप्रभाबन्युज विशेष

कक्षा १२ परीक्षा फाराम खुल्यो, पुस मसान्तभित्र शुल्क बुझाउनुपर्ने

3 weeks पहिले
रविलक्ष्मी चित्रकारको माग- जेनजीको मुखुण्डो ओढेर देश नष्ट गर्नेहरूमाथि कारबाही गरियोस्
जनप्रभाबन्युज विशेष

रविलक्ष्मी चित्रकारको माग- जेनजीको मुखुण्डो ओढेर देश नष्ट गर्नेहरूमाथि कारबाही गरियोस्

3 weeks पहिले
महोत्तरीको रघुनाथपुर नाकाबाट व्यापक तस्करी, सशस्त्र र नेपाल प्रहरीकै मिलेमतोको आरोप
आर्थिक

महोत्तरीको रघुनाथपुर नाकाबाट व्यापक तस्करी, सशस्त्र र नेपाल प्रहरीकै मिलेमतोको आरोप

4 weeks पहिले

ताजा समाचार

संसद पुनर्स्थापनाका लागि सांसदको हस्ताक्षरसहित आज सर्वोच्च जाँदै कांग्रेस-एमाले

संसद पुनर्स्थापनाका लागि सांसदको हस्ताक्षरसहित आज सर्वोच्च जाँदै कांग्रेस-एमाले

3 weeks पहिले
रास्वपा नेता पराजुली भन्छन्- बालेन, कुलमान र हर्कलाई साथ लिएर अघि बढ्छौँ

रास्वपा नेता पराजुली भन्छन्- बालेन, कुलमान र हर्कलाई साथ लिएर अघि बढ्छौँ

3 weeks पहिले
कानूनमन्त्री सिन्हालाई लिएर कांग्रेस कार्यालयमा पुगे सञ्चारमन्त्री जगदीश खरेल

कानूनमन्त्री सिन्हालाई लिएर कांग्रेस कार्यालयमा पुगे सञ्चारमन्त्री जगदीश खरेल

3 weeks पहिले
कक्षा १२ परीक्षा फाराम खुल्यो, पुस मसान्तभित्र शुल्क बुझाउनुपर्ने

कक्षा १२ परीक्षा फाराम खुल्यो, पुस मसान्तभित्र शुल्क बुझाउनुपर्ने

3 weeks पहिले
रविलक्ष्मी चित्रकारको माग- जेनजीको मुखुण्डो ओढेर देश नष्ट गर्नेहरूमाथि कारबाही गरियोस्

रविलक्ष्मी चित्रकारको माग- जेनजीको मुखुण्डो ओढेर देश नष्ट गर्नेहरूमाथि कारबाही गरियोस्

3 weeks पहिले
महोत्तरीको रघुनाथपुर नाकाबाट व्यापक तस्करी, सशस्त्र र नेपाल प्रहरीकै मिलेमतोको आरोप

महोत्तरीको रघुनाथपुर नाकाबाट व्यापक तस्करी, सशस्त्र र नेपाल प्रहरीकै मिलेमतोको आरोप

4 weeks पहिले

जनप्रभाव साप्ताहिक पत्रीका द्वारा संचालित
जनप्रभाव न्युज अनलाइन  डटकम
लहान नपा – १ , सिरहा नेपाल
मो. नम्बर : +9779863964800
इमेल :[email protected]
दर्ता नम्बर : ११८

हाम्रो टीम

कार्यकारी सम्पादक:- चन्दा यादव
कार्यकारी निर्देशक/ संचालक: आलोक यादव
सम्पर्क मो. नं :  9819992976
सल्लाहकार: बिजय कु. गुप्ता/देवकुमार यादव

सामाजिक संजालमा हामी

Facebook Twitter Youtube
  • Privacy Policy

© 2020 JanPrabhabhNews || Powered By ProTech Media || Design By Surendra Singh

No Result
View All Result
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • राष्ट्रिय
  • स्थानीय तह
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
    • दुर्घटना
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
    • जनप्रभाबन्युज विशेष
  • मनोरञ्जन
  • भाषा
    • नेपाली
    • मैथिली
    • हिन्दी
    • English
  • ई-पेपर
  • अन्य
    • बैंक
    • मौसम
    • आर्थिक
    • क्राइम रिपोर्ट
    • तस्करी रिपोर्ट
    • फोटो फिचर
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि

© 2020 JanPrabhabhNews || Powered By ProTech Media || Design By Surendra Singh